site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहजै पुग्न नसकिने ठाउँमा ठोक्कियो जहाज, पड्किएको आवाजका आधारमा खोजी भएको थियो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आइतबार बिहान पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज १० बजेर १५ मिनेटमा अवतरण गर्नुपर्ने थियो । 

१० बजेर ७ मिनेटसम्म सम्पर्कमै रहेको जहाज एकाएक सम्पर्कविहीन भयो । चालक दलका ३ सदस्यसहित २२ जना सवार जहाज सम्पर्कविहीन भएपछि सुरक्षा निकायले खोजी सुरु गरे ।

खराब मौसमका कारण उडेका हेलिकोप्टरहरुले ‘सर्च’ गर्न सकेनन् । त्यहीबीचमा आइतबार दिउँसो जहाजका पाइटल प्रभाकर घिमिरेको मोबाइल फोन लाग्यो । मोबाइलमा घण्टी बज्यो तर फोन ‘रिसिभ’ भएन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रहरीका उच्च अधिकारीका अनुसार तीनपटकसम्म पाइलट घिमिरेको मोबाइल नम्बरमा घण्टी गएको थियो । मोबाइल नम्बरमा घण्टी बजेपछि केही आसा पनि पलाएको थियो ।

आइतबार साँझ सेनाले जहाज खोज्न कार्य सोमबार बिहानै सुरु गरिने सूचना जारी ग¥यो । आफन्तको रुवाबासीले पोखरा विमानस्थलमा सन्नाटा छाएको थियो ।

Royal Enfield Island Ad

सेना प्रहरीको टोलीले सर्च अपरेसन रोके पनि स्थानीयको एक टोली रातभर जहाजको खोजीमै सक्रिय भयो । दिउँसै जहाज मुस्ताङको थुसाङ गाउँपालिकामा पर्ने मानापाथी हिमाल आसपास हुनसक्ने खबर बाहिर आएको थियो ।

सोही खबर पछ्याउँदै सुमित गौचन नेतृत्वको टोली सो स्थानतर्फ गएको वडा नम्बर २ का वडाध्यक्ष गौतम शेरचन बताउँछन् । उनका अनुसार यार्सा टिप्न जानेहरु पनि सँगसँगै थिए ।

सुमित नेतृत्वको टोलीले सोमबार बिहान ५ बजे तारा एयरको विमान दुर्घटना भएको देखे ।

मुस्ताङ जिल्लाको थुसाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४ हजार ५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो ।

वडाध्यक्ष गौतम शेरचनले भने,“दुर्घटनाग्रस्त जहाज देखे पनि सुमितले नै प्रहरी र सीडीओ कार्यालयमा जानकारी गराएका रहेछन् । त्यही सूचनापछि हेलिकोप्टरमा आएको प्रहरी टोली घटनास्थल पुग्यो । सुमितले नै फोटोहरु सार्वजनिक गरेका हुन् ।”

गौचनका अनुसार दुर्घटनास्थल निकै उचाइमा रहेको हिमाली क्षेत्र हो । त्यहाँ मानवबस्ती छैन । अहिले पनि केही मात्रामा हिउँ परिरहेको छ ।

वडाध्यक्ष गौचनले भने,“जहाज पड्किएको आवाज गाउँलेले सुनेका हुन् । तर कहाँ कसरी ठोक्कियो कसैले देखेनन् । सजिलै जोकोही त्यो क्षेत्रमा पुग्नै सक्दैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro