site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिग्रँदो अर्थतन्त्रलाई सुधार्न संकुचित मौद्रिक नीति !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बढ्दो स्रोत अन्तर र विदेशी विनिमय सञ्चितिमा आएको संकुचनलाई संकुचित मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने भएको छ । शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले मौद्रिक नीतिको कार्यदिशा कसिलो राख्नुपर्ने अवस्था रहेको बताएको छ ।
 
“बढ्दो स्रोत अन्तर र विदेशी विनिमय सञ्चितिमा आएको संकुचनका कारण बैंकिङ प्रणालीबाट तरलता प्रशोचन भई एकातिर ब्याजदरमा दबाब पर्न गएको छ भने अर्कोतिर बाह्य क्षेत्र स्थायित्व कायम गर्न मौद्रिक नीतिको कार्यदिशा कसिलो राख्नुपर्ने अवस्था छ,” मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले भनेको छ ।  

केन्द्रीय बैंकले मूल्यवृद्धिको वर्तमान अवस्था अझै केही समय कायम रहनेसमेत उल्लेख गरेको छ ।  कोभिड संक्रमणले विश्व आपूर्ति व्यवस्थामा ल्याएको अवरोध, कोभिड संक्रमण कम भएसँगै विश्व आर्थिक गतिविधिमा भइरहेको विस्तार र रसिया–युक्रेनबीचको युद्धलगायत कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र वस्तु तथा सेवाको मूल्यमा भएको वृद्धिले नेपालमा पनि मूल्यवृद्धि अझै केही समय रहने राष्ट्र बैंकले जनाएको छ । 

आन्तरिक मूल्यमा विद्यमान चापको स्थिति केही समयसम्म कायमै रहने देखिएको भन्दै मूल्यवृद्धि र विदेशी मुद्राको सञ्चितिमा बढ्दो चापलाई केन्द्रत गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लैजाने उल्लेख गरेको छ ।
 
राष्ट्र बैंकले चालु मौद्रिक नीतिबाट नै  नीतिगत ब्याजदर (पोलेसी रेट) ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले बढाएर ७ प्रतिशत पुर्याइसकेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही दिन अगाडि नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्था (आईक्यान) ले आयोजना गरेको एक कार्यक्रममा  अर्थतन्त्रमा देखिएको समस्या समाधानको दीर्घकालीन उपाए मौद्रिक औजार नै भएको भन्दै त्यो मौद्रिक औजार पोलेसी रेट भएको बताएका थिए ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

मौद्रिक नीति समीक्षामा त्यसको कार्यदिशा थप कसिलो बनाउँदै लैजाने उल्लेख गर्नुले राष्ट्र बैंकले ब्याजर थप वृद्धि गर्ने नीति लिएको देखिन्छ । 
 
केन्द्रीय बैंकले  मौद्रिक नीतिको कार्यदिशामा  समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण  उपकरणको प्रयोग गर्ने उल्लेख गरेको छ । “आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण उपकरणहरू प्रयोग गरिनेछ ।” मौद्रिक नीति समीक्षाको कार्यदिशा कस्तो हुने भनेर केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

चालु मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट ट्रस्ट रिसिप्टलगायत आयात कर्जा, व्यक्तिगत ओभरड्राफ्ट कर्जा, मार्जिन प्रकृतिको सेयर धितो कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा र व्यक्तिगत हायर पर्चेज कर्जाजस्ता कम उत्पादनशील र पुँजीगत लाभका क्षेत्रमा जाने कर्जामा  जोखिम भार बढाएइसकेको छ ।  तेस्रो त्रैमासिक समीक्षाले भने उत्पादनशील क्षेत्र र निर्यातजन्य उद्योगमा जाने कर्जालाई प्रवद्र्धन गर्ने र अनुत्पादन क्षेत्रको कर्जामा थप निरुत्साहन गर्ने नीति लिने प्रष्ट संकेत गरेको छ ।

Royal Enfield Island Ad

“मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धनलगायत क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिने मौद्रिक तथा वित्तीय उपाय हुनेछ,” मौद्रिक नीति समीक्षामा भनिएको छ ।
 
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय परिदृश्यलाई समेत उल्लेख गर्दै अहिलेको अवस्था कायमै रहने हो भने आगामी मौद्रिक नीतिबाट थप कसिलो नीति लिने सन्देश दिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र बताउँछन् । तेस्रो त्रैमासिक समीक्षाले कुनै परिमार्जन गरेको छैन तर आगामी मौद्रिक नीतिको कार्यदिशा कस्तो हुने भन्ने संकेत गरेको मिश्रको भनाइ छ । उनले भने, “अर्थतन्त्रमा दबाब कायमै छ, तत्कालका लागि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले लिएका कार्यदिशालाई निरन्तरता दिने र समष्टिगत आर्थिक स्थायित्वमा दबाब भएमा त्यसलाई नीतिगत सम्बोधन गर्ने भन्ने मौद्रिक नीतिको सन्देश हो ।”

राष्ट्र बैंकले औजारको रुपमा प्रयोग गर्ने ब्याजदर भनेको नीतिगत ब्याजदर नै रहेको समेत उनले प्रष्ट पारे । केन्द्रीय बैंकले विश्वव्यापी रुपमा बढ्दै गएको मूल्य वृद्धिका कारण विश्वका अधिकांश केन्द्रीय बैंकले मौद्रिक नीतिलाई कसिलो बनाउँदै लगेकोसमेत उल्लेख गरेको छ ।
 
अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले २०२२ मार्च २३ मा टार्गेट फेडरल फण्ड रेट २५ आधार बिन्दुले वृद्धि गरेकोमा २०२२ मे ४ मा दोस्रो पटक ५० आधार बिन्दुले पुनः वृद्धि गरेकोसमेत जनाएको छ । त्यस्तै फेडरल रिजर्भले आगामी तीन महिनासम्म प्रत्येक महिना ३० अर्ब डलर बराबरको ट्रेजरी र १७.५ अर्ब डलर बराबरको मोर्टगेज व्याक्ड सेक्युरिटिज बजारमा बिक्री गर्ने र तीन महिनापछि ६० अर्ब डलर बराबरको ट्रेजरी र ३५ अर्ब डलर बराबरको मोर्टगेज व्याक्ड सेक्युरिटिज बिक्री गरी बजारबाट तरलता प्रशोचन गर्ने योजना सार्वजनिक गरेको  उल्लेख गरेको छ ।

भारतीय रिजर्भ बैंकले पनि २०२२ मे ४ मा नीतिगत दरमा ४० आधार बिन्दुले वृद्धि गरेको जनाएको छ । यस्तै भारतीय  रिजर्भ बैंकले २०२२ मे २१  देखि लागु हुनेगरी अनिवार्य नगद अनुपातमा ५० आधार बिन्दुले वृद्धि गरी ४.५ प्रतिशत पुर्याएको छ । अमेरिका र भारतका केन्द्रीय बैंकले बजारमा रहेको तरलता प्रशोचन गर्दै  मूल्यवृद्धि नियन्त्रण गर्ने नीति लिएको देखिन्छ । 

यस्तै बैंक अफ इंग्ल्यान्डले सन् २०२१ डिसेम्बरदेखि सन् २०२२ मे महिनासम्मको ६ महिनाको अवधिमा चार पटक नीतिगत दरमा वृद्धि गरेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । उदयीमान अर्थतन्त्रमध्येको दक्षिण अमेरिकी मुलुक ब्राजिलको केन्द्रीय बैंकले अगष्ट २०२० मा २ प्रतिशतमा रहेको नीतिगत दरलाई २०२२ मार्च १७ सम्ममा नौ पटक वृद्धि गरी ११.७५ प्रतिशत पुर्याएको जनाएको छ ।

कोभिडपछिको आर्थिक पुनरुउत्थानका लागि एकातिर राष्ट्र बैंकले  पुनरकर्जामार्फत स्रोत उपलब्ध गराउन लाग्ने र अर्कोतर्फ अनिवार्य नगद मौज्दात ४ प्रतिशतथबाट घटाएर ३ प्रतिशतमा ल्याउनुका साथै नीतिगत ब्याजदर पनि घटाएर ‘इजी फाइनान्सिङ’ गरेको थियो ।  जसलाई सच्याउँदै केन्द्रीय बैंकले मौद्रिक नीति कसिलो बनाउँदै लगेको हो । सरकारले चुनावी बजेट तयारी ल्याउन लागेको हुँदा विस्तारित वित्त नीति विस्तारित हुने निश्चित छ । त्यसबाट सिर्जना हुने समस्याका समाधानका  लागि पनि आगामी मौद्रिक नीति  कसिलो ल्याउने प्रस्ट सन्देश चालु मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा केन्द्रीय बैंकले गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro