site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा महानगर : कांग्रेस २३, एमाले नौ र स्वतन्त्र एउटा वडामा विजयी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाका सबै वडाको अन्तिम मत परिणाम घोषणा गरिएको छ ।

महानगरका ३३ वडाको परिणाम सार्वजनिक हुँदा यसपटक नेपाली कांग्रेसले अघिल्लो पटकभन्दा राम्रो सफलता हासिल गरेको छ । महानगर प्रमुख र उपप्रमुखमा केन्द्रबाट गठबन्धनको निर्णय भएर सोहीअनुसार उमेदवार उठाए पनि वडामा केहीमा तालमेल र केहीमा दलहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा भएको थियो ।

गठबन्धनबाट महानगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले)का मञ्जुदेवी गुरुङ विजयी भए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उपप्रमुखमा गठबन्धनका साझा उमेदवार कांग्रेसका कोपिला रानाभाट पराजित भए पनि महानगरका वडामा अघिल्लो निर्वाचनको तुलनामा कांग्रेसले दोब्बरभन्दा बढीले सफलता प्राप्त गरेको छ । वडामा कांग्रेस केहीमा एकल र केहीमा नेकपा (माओवादी केन्द्रल)गायत दलहरूसँग चुनावी तालमेल गरेर निर्वाचन लडेको थियो ।

वि.सं. २०७४ को पहिलो स्थानीय तह सदस्य निर्वाचनमा महानगरका ११ वडा जितेको कांग्रेस यसपटक २३ वडामा विजयी हुँदा अघिल्लोपटक २२ वडा जितेको नेकपा (एमाले) भने नौ वडामा खुम्चिएको छ । एमालेले पहिला आफूले जितेका अधिकांश वडा गुमाउँदा कांग्रेसबाट एउटा वडा मात्र खोस्न सफल भयो । पोखरामा स्वतन्त्र एक उमेदवारले वडाध्यक्ष जितेका छन् ।

Royal Enfield Island Ad

कांग्रेसका तर्फबाट पोखरा–२ को वडाध्यक्षमा दिवसमान प्रधानांग, वडा नम्बर–३ मा प्रकाश उदास, वडा नम्बर–४ मा देवकृष्ण पराजुली, वडा नम्बर–७ मा राममोहन आचार्य, वडा नम्बर–९ मा दीपेन्द्र मरासिनी, वडा नम्बर–१० मा राजेश गुरुङ, वडा नम्बर–११ मा प्रेमप्रसाद कर्माचार्य, वडा नम्बर–१२ मा सन्तोष बास्तोला र वडा नम्बर–१३ मा किरण बराल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

यसैगरी, वडा नम्बर–१४ को वडाध्यक्षमा बोधराज कार्की, वडा नम्बर–१६ मा अमृत शर्मा तिमिल्सिना, वडा नम्बर–१८ मा शिवप्रसाद तिमिल्सिना, वडा नम्बर–१९ मा पुष्पेन्द्र पाण्डे, वडा नम्बर–२३ मा राजकाजी गुरुङ, वडा नम्बर–२४ मा भरतबहादुर अधिकारी, वडा नम्बर–२५ मा मोतिप्रसाद तिमिल्सिना, वडा नम्बर–२६ मा नरेन्द्र थापा, वडा नम्बर–२७ मा पूर्णकुमार गुरुङ, वडा नम्बर–२८ मा श्रीकृष्ण लामिछाने, वडा नम्बर–३० मा दुर्गाप्रसाद सुवेदी, वडा नम्बर–३१ मा ढकनाथ कँडेल, वडा नम्बर–३२ मा अक्कलबहादुर कार्की र वडा नम्बर–३० मा रामचन्द्र अधिकारी विजयी भए ।

एमालेका तर्फबाट पोखरा वडा नम्बर–१ मा साहारा प्रधान, वडा नम्बर–५ मा विष्णुप्रसाद बराल, वडा नम्बर–६ मा विष्णुबहादुर भट्टराई, वडा नम्बर–८ मा रुद्रप्रसाद बराल, वडा नम्बर–१५ मा तोरण बानियाँ, वडा नम्बर–१७ मा राधिका शाही, वडा नम्बर–२० मा गंगा केसी, वडा नम्बर–२१ मा दीपकप्रसाद सुवेदी र वडा नम्बर–२९ मा श्रीप्रसाद गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

पोखरा–२२ मा भने स्वतन्त्र उमेदवार हिमलाल बराल विजयी भए । स्वतन्त्र उमेदवारी दिए पनि बराललाई सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले दलका तर्फबाट उमेदवारी फिर्ता लिएर सहयोग गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro