site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बालेनप्रति नवनिर्वाचित वडाध्यक्षको धारणा कस्तो छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) ले बलियो जनमत पाएका छन् ।

समाचार तयार पार्दासम्म एकलाख ५० हजार ५१६ मतगणना सकिएको छ । गणना भएको मतमा बालेनले ५० हजार ३० मत पाएर फराकिलो अग्रता कायम गरेका छन् । उनी पछि दोस्रो स्थानकी सिर्जना सिंहले जम्मा ३० हजार ७६७ मत पाएकी छन् । तेस्रो भएका एमालेका केशव स्थापितले ३० हजार १५ मत पाएका छन् । 

अब बाँकी ९ वडामध्येको २१ प्रतिशत अर्थात् ४० हजार ६७० मत गणना हुन बाँकी छ । मेयरमा स्वतन्त्र उमेदवार बालेनले सबै क्षेत्रबाट मत पाइरहेका अवस्थामा अब उनको जित करिब सुनिश्चित छ । उनी स्वतन्त्रबाट निर्वाचित हुने पक्काजस्तै भए पनि वडाध्यक्षहरु भने एमाले र कांग्रेसका निर्वाचित भइरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्म सत्तारुढ कांग्रेसले १४ वडा जितिसकेको छ भने प्रतिपक्षी एमालेले ९ वडा जितेको छ । बाँकी ९ वडाको परिणाम आइसकेको छैन । 

निर्वाचित भइसकेका वडाध्यक्षहरुको भने मिश्रित प्रतिक्रिया छ । 

Global Ime bank

प्रमुख पार्टीबाट निर्वाचित कतिपय वडाध्यक्षले प्रमुख पार्टीहरुले जनताले चाहेजस्तो उमेदवार खडा नगर्दा यस्तोे परिणाम आएको बताएका छन् । 

एमालेबाट निर्वाचित वडानम्बर–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले त प्रमुख दलका उमेदवारले नै मतदातालाई होच्याउने, गाली गर्ने प्रवृत्ति देखाउँदा यस्तो परिणाम भोग्नु परेको बताए । 

“नेताहरुले अरुलाई होच्याउने, गाली गर्ने काम मात्रै गरे । देशभर विकासको नीति कार्यक्रम ल्याउनु भन्दा एकले अर्कालाई खुइल्याउने काम मात्रै गरे,” वडाध्यक्ष श्रेष्ठले बाह्रखरीसँग भने, “त्यसैले देश खुइलिँदै गयो ।  निरास भएका जनताले दलहरुलाई सचेत बनाउन भोटको प्रयोग गरे । बालेन भनेको सचेत बनाउन आएको युवा सचेतक हो ।”

वडाध्यक्ष श्रेष्ठले महानगरबासीका लागि बालेनले गर्ने सकारात्मक काममा कुनै पनि किसिमको असहयोग नगर्ने बरु सकेको सहयोग गर्ने बताए । “महानगरपालिकाको नेतृत्वमा को आयो भन्दा पनि महानगर बनाउने कि बिगार्ने भन्ने महत्वपूर्ण कुरा होे । नयाँ मान्छे आउँदैमा चाहिने नचाहिने गरेर काममा अवरोध गर्नु भनेको हामी असफल हुनु हो,” श्रेष्ठले थपे, “महानगरको सेन्ट्रल गभरमेन्टबाट उहाँले काम गर्ने हो । पाँच वर्ष हामीलाई विद्यासुन्दर शाक्यले काम गर्न दिए । मेयर हुँ भन्दै उहाँले हामीलाई काममा बाधा गर्नु भएन, त्यत्ति हो ।”

काठमाडौं महानगरपालिकाको मेयरमा दोस्रो पटक कांग्रेसबाट निर्वाचित वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार बालेनले सकारात्मक काम थालेमा सबैबाट सहयोग हुने बताउँछन् । 

“बालेन निर्वाचित भइसकेपछि उहाँले लिने निर्णय र उहाँले देखाउने व्यवहारले उहाँको कार्यकाल निर्धारण हुने हो । हामी सबै काठमाडौं महानगरपालिका बनाउने भनेर नै आएका हौँ । महानगर बनाउन प्रस्ताव आयो भने हामीले सहयोग गर्छौं,” तण्डुकारले बाह्रखरीसँग भने, “मेयरले हामीलाई दबाब दिएर यसो गर उसो गर भनेर काम लाउन थाले भने त्यो हामीबाट हुन सक्दैन ।” 

कांग्रेसबाट निर्वाचित वडा नम्बर २५ का वडाध्यक्ष राजेश डंगोल त जनताले चुनेर नेतृत्वमा पु¥याएपछि असहयोग गर्ने अधिकार कसैलाई नहुने बताउँछन् । 

त्यसैले सबै जनप्रतिनिधि मिलेर जनमतको कदर गर्नुपर्ने उनको भनाई छ । 

“जनताहरुले चुनिसकेपछि जनप्रतिनिधिहरु मिलेर काम गर्ने हो,” डंगोलले बाह्रखरीसँग भने । 

काठमाडौं महानगरको वडा नम्बर–४ मा निर्वाचित भएका एमालेका दिनेश महर्जन महानगरबासीले यसपटक नयाँ अनुसार खोजेका कारण नेतृत्वमा बालेन आएको बताए ।

बालेनलाई जनमत दिइसकेपछि बहुमत वा अल्पमतको कुरा गर्नु जनमतको कदर नहुने उनको बुझाई छ । 

“जनताले नै बालेनलाई विश्वास गरिसकेपछि सबै मिलेर जनमतको कदर गर्नै पर्छ । बालेनको जनमतलाई अन्यथा लिएका छैनौँ,” वडाध्यक्ष महर्जनले भने, “जहिले पनि पुरानै अनुहारहरु दोहोरिए तर, काम गर्न सकेनन् । अहिले जनताहरुले नयाँ अनुहार खोजेको जस्तो लाग्छ ।” 

महानगरपालिका वडानम्बर–५का एमालेका वीरेन्द्र प्रजापति वडाध्यक्ष निर्वाचित भएका छन् । अरु भन्दा फरक मत राख्ने उनी राजनीतिक दलहरुले जनताले चाहेको जस्तो उमेदवार नै खडा गर्न नसकेको बताउँछन् । 

“अब यस्तो परिस्थितिमा जनताको जनमत स्वीकार गर्नुपर्यो नि !,” प्रजापतिले बाह्रखरीसँग भने, “जनमतलाई स्वीकार गरेर हामी नवनिर्वाचित वडाध्यक्षहरुले मेयरसँग मिलेर काम गर्छौँ ।” 

एमालेबाट निर्वाचित २३ नम्बर वडाका वडाध्यक्ष मचाराजा महर्जन भने स्थानीय जनप्रतिनिधिले स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर काम गर्नुपर्ने हुँदा स्वतन्त्र र पार्टीको नेतृत्वको बहसकै अर्थ नहुने बताउँछन् । 

‘‘स्थानीय सरकारमा पार्टी विशेषको नेतृत्व र स्वतन्त्र उमेदवारको नेतृत्वले कुनै फरक पर्दैैन । कुनै पनि पार्टी वा स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधिले स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर काम गर्ने हो,” महर्जनले बाह्रखरीसँग भने, “त्यसैले कुनै पार्टी र व्यक्तिले फरक पर्दैन । हामीले वडामा देखाएका प्रतिवद्धताहरुमा टेकेर काम गर्ने हो ।” 

महानगरपालिकाको वडा नम्बर–६को वडाध्यक्षमा कांग्रेसका भुवन लामा वडाध्यक्ष दोहारिएका छन् । उनलाई बाँकी ४० हजार मतले चमत्कार गर्ने आशा मरिसकेको छैन । त्यसैले उनी कांग्रेसकी सिर्जना सिंहले जित्ने आशमा छन् । 

“अझै पनि डेढ दुई सय मतले सिर्जना सिंहले नै जित्ने अनुमान लगाएका छौँ । हामी आशावादी छौँ,” लामाले भने । अन्तिम नतिजा आइसकेपछि महानगरको मेयरसँग कसरी काम गर्ने भन्नेबारे एजेन्डा बनाउने र सोही एजेन्डामा टेकेर काम गर्ने उनको भनाइ छ ।

महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ४६ हजार ३४७ मत पाएर अग्रता कायम गर्दा उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६ हजार २८२ मात्र मत पाएका छन् । राप्रपाकी विनिता मगैया धेरै पछि छन् उनले ८,६२१ मत पाएकी छन् ।

वडा नम्बर १ को वडाध्यक्षमा एमालेका भरत लाल श्रेष्ठ, २ मा राजेन्द्र कुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन, ५ मा विरेन्द्र प्रजापति, २२ मा चिनीकाजी महर्जन, २३ मा मचाराजा महर्जन, ३१ मा सरोज ढकाल र ३२ मा नवराज पराजुली निर्वाचित भएका छन् । 

त्यस्तै कांग्रेसतर्फ वडा नम्बर ६ मा भुवन लामा, ७ मा विमलकुमार होडा, ८ मा आशामान संगत, ९ मा रामजी भण्डारी, १० मा रामकुमार केसी, ११ मा हिरालाल तण्डुकार, १२ मा बालकृष्ण महर्जन, २४ मा विनोद कुमार राज भण्डारी, २५ मा राजेश डंगोल, २६ मा ख्याम राज तिवारी, २७ योगेशकुमार खड्गी, २८ मा भाइराम खड्गी प्रकाश, २९ मा कुश ढकाल, ३० मा दलबहादुर कार्की विजयी भएका छन् ।  
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !