site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
टिपरको ठक्करबाट एकजनाको मृत्यु भएपछि सडक अवरुद्ध
SkywellSkywell

सल्यान । सल्यानको कपुरकोट–तुलसीपुर सडकखण्ड दलहरूले अवरुद्ध पारेका छन् । बिहीबार टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि सडक अवरुद्ध पारिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका–४ हरनेटीमा बिहीबार बेलुका रा१ख ११२३ नंको टिपरले रा१प ३१७९ नंको मोटरसाइकललाई ठक्कर दिँदा कपुरकोट गाउँपालिका–३ का १८ वर्षीय आकाश सेनको उपचारका क्रममा प्रदेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएपछि क्षतिपूर्ति दिइनुपर्ने भन्दै प्रमुख दलका नेताकै नेतृत्वमा सडक अवरुद्ध पारिएको हो । 

Dabur Nepal
NIC Asia

घटना भएको तीन दिन बितिसक्दा पनि घोराही सिमेन्द्र प्रालि र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै सडकमा मुढा राखेर अवरुद्ध पारिएको हो । मृतकका आफन्तले घटनामा संलग्न व्यक्तिहरू सम्पर्कमा नआउँदासम्म शव परीक्षण गर्न नदिने अडान लिएपछि शव प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ ।

सडक अवरुद्ध भएपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन् । तुलसीपुरबाट सल्यान आउने तथा रुकुम–सल्यानबाट दागतर्फ जाने सवारीसाधन कपुरकोटमै राखिएको स्थानीय जितप्रसाद आचार्यले जानकारी दिए । 

प्रहरीले भने ठक्कर दिने टिपर र चालकलाई नियन्त्रण लिएको जनाएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu