site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुरमा रेनुलाई कांग्रेसको घात, एमालेको साथ !
Sarbottam CementSarbottam Cement

चितवन । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अहिलेसम्मको मतको ‘ट्रेन्ड’ हेर्दा मेयरमा रेनु दाहालले बाजी मार्ने सम्भावना बलियो बन्दै गएको छ ।

यहाँ सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु, नेकपा (एमाले)–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीचको गठबन्धनका तर्फबाट विजय सुवेदी र नेपाली कांग्रेसका ‘बागी’ जगन्नाथ पौडेल मेयर पदका उमेदवार छन् ।

कांग्रेसबाट बागी उमेदवार भएकाले सजिलै भरतपुरको चुनाव जित्ने एमाले अनुमान थियो । तर, एमालेको अनुमान तब फेल खायो, जब एमालेकै गढ भनिएका वडाहरूमा रेनुले विजयभन्दा बढी मत ल्याइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भरतपुर महानगरका १४ वटा वडासम्मको मतगणना गर्दा रेनु २७ हजार ४१२ मतसहित अग्रस्थानमा छिन् । सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार पौडेलले नौ हजार ५५२ मत ल्याएका छन् ।

गणना सकिएका वडामा कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, एमालेले वडा–३, ११ र १२, नेकपा (एकीकृत समाजवादी)ले ७ र ९ तथा माओवादी केन्द्रले वडा नम्बर–१३ मा विजय हासिल गरेको छ ।

Global Ime bank

हाल भरतपुर–१५ र १६ को मतगणना जारी छ । गणना जारी वडामा कांग्रेसका उमेदवारले अग्रता लिएका छन् । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । हालसम्म ७० हजार बढी मतगणना भइसकेको छ ।

मतगणना जारी रहँदा माओवादी वृत्तमा उत्साह बढ्दै गएको छ । एमाले वृत्तमा निराशा छाउन थालेको छ । सुरुका पाँच वडा गन्दा रेनु र विजयको अन्तर धेरै थिएन । तर, वडा नम्बर–९ को गणनासँगै रेनुको अग्रता बढ्दै गयो । अहिले रेनु पाँच हजार बढी मतान्तरले अगाडि छिन् ।

तीन वडामा निराश बन्यो एमाले
भरतपुर–९ को गणना हुँदै गर्दा रेनु विजयभन्दा तीन हजार बढी मतान्तरले अगाडि थिइन । तर, १०, ११ र १२ वडाको गणना सुरु हुँदा त्यो मतान्तर घट्ने एमालेको विश्वास थियो । तर, उल्टो भयो । ती वडामा पनि रेनुले विजयलाई पछि पारिन् । एमालेका वडाध्यक्षले प्राप्त गरेको मत नै विजयले प्राप्त गरेनन् ।

वडा नम्बर–१० एमालेका संघीय सांसद कृष्णभक्त पोखरेलको घर भएको क्षेत्र हो । वडा–११ एमालेको सबैभन्दा बलियो क्षेत्र मानिएको थियो । जहाँ वडाध्यक्ष एमालेले नै जित्यो । उक्त वडामा सबैभन्दा धेरै साढे नौ हजारभन्दा बढी मत खसेको थियो ।

वडा–१२ एमाले मेयर उमेदवार विजय सुवेदीको गृहवडा हो । त्यहाँ पनि एमाले निराश भयो ।

वडा–१३ माओवादीको प्रभाव क्षेत्र हो । त्यहाँबाट रेनुको अग्रता झनै फराकिलो बन्दै गएको छ । कुनै चमत्कार नभए अब विजयको मेयर बन्ने सपना कमजोर बनेको जानकारहरू बताउँछन् ।

वडा–१० र ११ मा एमाले वडाध्यक्ष उमेदवारलाई भन्दा मेयर उमेदवार सुवेदीलाई कम भोट प्राप्त भयो । अरू वडाहरूमा पनि मेयरमा रेनुलाई मत दिनेहरूले अन्य सबैजसो पदमा एमालेको सूर्य चिह्नमा मतदान गरेको देखिन्छ । यसले एमालेभित्रै अन्तर्घात भएको चर्चा छ ।

अब एमालेको आस पश्चिम चितवन
भरतपुर महानगरमा अब एमालेको नजर पश्चिम चितवनका वडाहरूमा छ । मतगणना जारी छ । १४ नम्बर वडासम्मको परिणाम आइसकेको छ । रेनुको अग्रता बढ्दै गएको छ ।

वडा–१३ माओवादीको सबैभन्दा धेरै प्रभाव भएको वडा हो । १४ नम्बर वडा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहवडा हो । यी वडाबाट रेनुले राम्रो मत पाएकी छन् ।

यसबाहेक वडा नम्बर–१५, १६, १७, १९, २० नेपाली कांग्रेस बलियो भएको क्षेत्र हुन् । यहाँबाट एमालेले कम मत पाउने अनुमान छ । यी वडामा स्वतन्त्र उमेदवारले बढी मत आफूतिर ताने पनि रेनुलाई त्यसले खासै असर नगर्ने नेताहरू बताउँछन् ।

विजयसँग रेनुको मतान्तर पाँच हजारभन्दा बढी भएकाले त्यसको फाइदा माओवादीलाई नै हुने बताइएको छ । स्वतन्त्र उमेदवार पौडेललाई कांग्रेसको मत जाने सम्भावना रहे पनि विजयको भन्दा रेनुकै मत बढी नेताहरूको भनाइ छ ।
 
वडा नम्बर–१६ मा १८, १९ बाट विजय सुवेदीले मत पाउने अपेक्षा छ । अनपेक्षित परिणाम नआएको अवस्थामा विजयको विजययात्रा कठिन बन्दै गएको छ ।

यसबाहेक वडा नम्बर–२२, २३, २४, २५ लगायत केही वडामा राप्रप्राको प्रभाव रहेकाले त्यहाँको मतको अपेक्षा सुवेदीले गरेका छन् । तर, यसअघि अपेक्षा गरिएकै वडाबाट मत नपाएकाले ढुक्क हुने अवस्था भने देखिँदैन ।

भरतपुरमा रेनुलाई कांग्रेसको घात, एमालेको साथ
भरतपुरमा एमालेको मत नै रनुको अग्रता बनाउने आधार देखिएको छ । एमालेका वडाध्यक्षले पाएको मत मेयरमा विजय सुवेदीले पाएका छैनन् । यसले एमाले कमजोर बन्दै गएको हो ।

मतगणनामा संलग्नहरूका अनुसार धेरैजसो मतपत्रमा मेयरमा रेनुलाई मत दिएर अरू सबै छाप सूर्यमा लगाइएको छ । यसले रेनुलाई ठूलो राहत मिलेको छ । नत्र ‘बागी’ उमेदवार पौडेल रेनुका लागि खतरा हुनसक्थे ।

एमालेकै नेताहरूले मेयरमा रेनुलाई भोट जाने तर अरू सबै भोट सूर्यमा आउनुलाई आश्चर्यका रूपमा लिइरहेका छन् ।

त्यसो त ०७४ सालमा एमालेका मेयर उमेदवार देवी ज्ञवालीले राम्रो मत ल्याएका वडामा पनि यसपालि विजयले राम्रो मत पाएका छैनन् ।

निर्वाचनमा मेयरको टिकट वितरणको बेला एमालेभित्र केही असन्तृष्टि रहेको बताइन्छ । एमाले वडाध्यक्षले पाएको मत विजयले पाएको भए रेनु पछाडि पर्ने एमाले नेताहरूको दाबी छ ।

अर्कोतर्फ, माओवादी र कांग्रेसले बागी उमेदवार पौडेलले ६ हजारको हाराहारीमा मत ल्याउने अनुमान गरेका थिए । तर, पौडेलले अनुमानविपरीत १० हजारको हाराहारीमा मत ल्याइसकेका छन् । अहिलेकै अवस्थाको विश्लेषण गर्दा उनले १५ हजारको आसपासमा मत ल्याउने देखिन्छ ।

अर्को पक्ष के छ भने मेयरमा पौडेललाई भोट दिनेहरूले उपमेयरदेखि वडासम्म सबै कांग्रेस चुनाव चिह्नमा मत हालेको देखिन्छ । यसले ती कांग्रेसकै मतदाता रहेको संकेत हुन्छ ।

अहिलेसम्मको समग्र विश्लेषण गर्दा रेनुलाई कांग्रेसको भरपर्दो साथ देखिएको छैन । रेनुले जित निकाल्दा त्यसको श्रेय एमाले मतदातालाई दिँदा फरक पर्दैन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC