site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस ४३ प्रमुखसहित पहिलो, माओवादी २५ र एमाले २४
Sarbottam CementSarbottam Cement

बुटवल । एकसय ९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा ९८ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 
अब ११ वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ । 

पछिल्लो मतपरिणाम अनुसार ४३ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा विजयी भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा सबै भन्दा ठुलो दल बनेको छ ।  

नेकपा (माओवादी केन्द्र) २५ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा विजयी भएको छ भने नेकपा (एमाले)ले २४ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा जित हासिल गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले दुई/दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता प्रगतिशील पार्टी नेपालले एक/एक स्थानको प्रमुख तथा अध्यक्ष पदमा विजयी भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का कुनै पनि उमेदवारले प्रमुख तथा अध्यक्ष पदमा जित हासिल गरेका छैनन् । सत्ता गठबन्धनमा रहेका अन्य दलहरू विजयी भइरहेको अवस्थामा एकीकृत समाजवादीका उम्मेदवारहरू प्रमुख तथा अध्यक्षमा कुनै पनि स्थानमा जित हासिल गर्न नसकेको हुन् । 

Global Ime bank

११ पालिकामा मतगणना जारी, ६ पालिकामा कांग्रेसको अग्रता

बुटवल र तुलसीपुर उपमहानगरपालिकासहित ११ स्थानीय तहको मतपरिणाम आउन बाँकी रहँदा नेपाली कांग्रेसका उम्मेदवारहरूले ६ स्थानमा अग्रता कायमै राखेका छन् । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिका, दाङको तुलसीपुर, बाँकेको कोहलपुर नगरपालिका र कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा अग्रता कायम राखेका हुन् ।

एमालेका उमेदवारहरूले पाल्पाको रम्भा गाउँपालिका र कपिलवस्तुको विजयनगर गाउँपालिकामा अग्रता लिएका छन् । 

यस्तै जनता समाजवादी पार्टीका उम्मेदवारहरूले कपिलवस्तुको सुद्धोधन गाउँपालिका र बाँकेको नरैनापुर गाउँपालिकामा अग्रता राखेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अग्रता कायमै राखेको छ ।

यद्यपि दाङको तुलसीपुर र रुपन्देहीको तिलोत्तमामा कांग्रेस र एमालेका उमेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  २२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय