राजनीति
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपा विजयी भएको छ । बिहीबार सम्पन्न मतगणनको परिणाम अनुसार प्रमुखमा राप्रपाका अजय थापा ७ हजार ६०२ मत सहित निर्वाचित भए ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव पोख्रेलले ७ हजार १२८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका हुमकान्त खनालले ५ हजार ४७७ मत प्राप्त गरे ।
नपारपालिकाको उपप्रमुखमा भने नेकपा (एमाले)का उमेदवार निर्वाचित भएका छन् । एमालेकी शिवकुमारी चौधरी ७ हजार ९५५ मतसहित निर्वाचित हुँदा कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ र राप्रपाकी विपाशा चौधरीले ५ हजार ११९ मत प्राप्त गरिन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ २१:४८
प्रतिक्रिया दिनुहोस्