राजनीति
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा गठबन्धनबाट उमेदवार बनेका राप्रपाका राम थापाको अग्रता कायमै छ । अहिले वडा नम्बर ७ को मतगणना जारी छ । ५, ६ र ७ वडामा थापाले मतान्तर सन्तुलित राखे उनको जित सुनिश्चित हुनेछ ।
२०७४ को निर्वाचनमा राप्रपाका भीम पौडेलले वडाध्यक्षमा निर्वाचित भएका थिए । यसपटक पनि पौडेल नै उमेदवार छन् । वडातर्फको अन्तिम मतपरिणामअनुसार १, २, ३, ८ र ९ मा एमाले विजयी भएको छ । वडा नम्बर १० मा कांग्रेसले खाता खोलिसकेको छ ।
ओलीको गृहनगर भएका कारण पनि दमकको चुनावलाई महत्वसाथ हेरिएको छ । नगरपालिकाको प्रमुख पदमा एमालेकी गीता अधिकारी र उप–प्रमुख पदमा अम्बिका खनालको टक्कर परिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ ११:३९
प्रतिक्रिया दिनुहोस्