site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१३२ जनाको ज्यान जाने गरी भएको चिनियाँ विमान दुर्घटना ‘नियतवश’ ! 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वासिङ्टन । एकसय बत्तिस जनाको ज्यान जाने गरी भएको चाइना इस्टर्न एयरलायन्सको विमान दुर्घटना नियतवश नै गराइएको हुनुपर्ने बताइएको छ । अमेरिकी अधिकारीहरूले एबीसी न्युजसँग यस्तो बताएका हुन् । 

गत २१ मार्चमा कुन्मिङबाट ग्वांगझाउतर्फ उड्ने क्रममा बोइङ ७३७–८०० यात्रुवाहक जेट विमान चीनको गुआङ्सीस्थित पहाडी इलाकामा खसेको थियो । सो दुर्घटनामा सबै १ सय २३ जना यात्रु लगायत चालकदलका ९ जना सदस्यको ज्यान गएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसबारेमा पहिलो पटक दि वाल स्ट्रिट जर्नलले खबर छापेको थियो । एबीसी न्युजसँग कुराकानी गर्ने अमेरिकी अधिकारीहरूले विमानको फ्ल्यापहरू चालु नरहेको र ल्यान्डिङ गियर तल नराखिएको बताएका छन् । साथै तिनीहरूले विमान झण्डै ठाडो तरिकाले खसेकाले यसका लागि नियतवश बल प्रयोग भएको हुनुपर्ने विश्वास व्यक्त गरेका छन् । 

सो विमान बेसरी जमिनमा बजारिँदा ६६ फुट गहिरो खाडल बनेको चिनियाँ अधिकारीहरूले बताएका थिए । 

Royal Enfield Island Ad

एबीसी न्युजले अनुसन्धानकर्ताहरूले सो विमानका पाइलटहरूमध्ये एकजनाको जीवन र विगतको पृष्ठभुमिबारे पनि अधययन गरेका थिए । साथै ती पाइलट दुर्घटनाको केही समयअघि कुनै गम्भीर विषयलाई लिएर चिन्तित रहेको हुनुपर्ने विश्वास गरिएको छ । 

अमेरिकी राष्ट्रिय पारवहन सुरक्षा बोर्डले अनुसन्धानको सम्पूर्ण सूचना आफ्नो समकक्षी चीनको नागरिक उडयन प्रशासनबाट आउने तर नियामकहरू र बोइङले यान्त्रिक गडबडीको विषयलाई नउठाएको बताएको छ । यसैगरी अमेरिकी सुत्रहरूले चिनियाँ अनुसन्धानकर्ताहरूले पनि यस दुर्घटनाका सम्भावित कारण स्वरूप यान्त्रिक गडबडीको विषयलाई अघि नसारेको जनाएका छन् ।   एबीसी न्युजबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  २३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro