राजनीति
काठमडौं । उदयपुरको वेलका नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले नगरप्रमुख र उपप्रमुखमा भने एमाले विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
नगर प्रमुखमा विजयी अशोक कार्कीले १० हजार १२० मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी एमालेका दुर्गा कुमार थापाले ६ हजार ९८० मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेकी जीरा राईले जित हासिल गरिन् । उनले ८ हजार २७६ मत प्राप्त गरिन् । निकटतम प्रतिष्पर्धी गठबन्धनका उमेदवार मनोज तामाङले ७ हजार ४९५ मत प्राप्त गरे । उनी माओवादीबाट उमेदवार बनेका हुन् । यहाँ कांग्रेस माओवादी गठबन्धन भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १८:२१
प्रतिक्रिया दिनुहोस्