राजनीति
धनगढी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसलाई पराजित गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उमेदवारलाई पराजित गरेको हो । ‘करुवा’ चुनाव चिह्न कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन् ।
कांग्रेसबाट निस्कासित कर्ण मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेलधुरामा करुवा र नेकपा (एमाले)बीच चुनावी तालमेलसमेत रहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ १६:४२
प्रतिक्रिया दिनुहोस्