राजनीति
पोखरा । कास्कीको पोखरा महानगरपालिकामा मतगणना प्रक्रियाका लागि सवर्दलीय/सर्वपक्षीय बैठक जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दल र स्वतन्त्र उमेदवारलगायत पक्षसँग छलफल गरिएको हो ।
मेयर पदका स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस)का अनुसार बैठक चलिरहेको छ । बैठक सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
सहिदचोकस्थित जिल्ला समन्वय समिति र उपत्यका नगर विकास समितिको हलमा मतगणना गरिने तयारी छ ।
कास्कीकै रूपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा मतगणना जारी छ । अन्नपूर्ण र मादी गाउँपालिकामा सर्वदलीय बैठक सकेर मतगणना गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ ११:५८
प्रतिक्रिया दिनुहोस्