राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनले अधिनायवादी चरित्र देखाएको बताएका छन् ।
उनले सत्ता पक्षीय गठबन्धनले केही स्थानमा एमालेविरुद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यकरुपमा वातावरण विथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने काम गरेको बताएका छन् ।
“लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने पाँच दलीय सत्ता गठबन्धनबाट यसप्रकारको अधिनायकवादी कार्य भयो । ती स्थानमा गृह प्रशासन अस्वाभाविकरुपमा असन्तुलित देखियो,” उनले भनेका छन् ।
यस्तो छ ओलीले शुक्रबार मतदान सम्पन्न भएपछि जारी गरेको विज्ञप्ति
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ २०:५०
प्रतिक्रिया दिनुहोस्