राजनीति
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटका केही स्थानीय तहमा मतदानकार्य सम्पन्न भएको छ । केही स्थानीय तहमा जारी छ ।
प्रमुख निर्वाचन अधिकृत उमेश लुइँटेलका अनुसार मतदान गर्ने समय बेलुका ५ बजेसम्म भए पनि कतिपय केन्द्रहरूमा मतदाता लाइनमै रहेकाले मतदानकार्य जारी छ । जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान रहेको उनले बताए ।
“५ बजेसम्म मतदान समय भए पनि लाइनमा लागेकाहरूले मत हाल्ने क्रम जारी छ,” उनले भने, “केही स्थानीय तहमा भने मतदानकार्य सम्पन्न भएर मुचुल्का उठाउने कार्य सुरु भइसकेको छ ।”
सम्पूर्ण स्थानीय तहको मतदान सकिएपछि आफूहरूको बैठक बस्ने र थप निर्णय लिइने उनले बताए । नुवाकोटमा १२ स्थानीय तह छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १८:०१
प्रतिक्रिया दिनुहोस्