site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सेना परिचालन गरेर सर्लाहीको धनकौलमा मतदान पुनः सुरु

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली सेना परिचालन गरेर मतदान पुनः सुरु गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीका अनुसार आज दिउँसो ३ बजेबाट मतदानकार्य पुनः सञ्चालन गरिएको हो ।

धनकौल गाउँपालिका–२ स्थित पशु सेवा केन्द्र मतदानस्थलमा विवाद हुँदा चार घण्टाभन्दा बढी मतदानकार्य स्थगित गरिएको थियो । अहिले थप सुरक्षा बल प्रयोग गरेर मतदान भइरहेको उनले जानकारी दिए ।

आज बिहान मतदान सुरु भएको केही बेरमै झडप भएको थियो । नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच बुथ राख्ने विषयमा झडप भएको थियो ।

“मतदान स्थगन हुँदै बीचमा केही बेर फेरि मतदान हुँदै पुनः स्थगन भएको थियो । विवादका कारण सुरक्षा शक्ति थप गरेर हामीले मतदानकार्य सुचारु गरेका छौँ,” उनले भने, “बेलुका ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गर्ने मतदाताहरूले मतादन गर्न पाउनुहुुनेछ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro