राजनीति
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिकामा अवरुद्ध भएको मतदानकार्य सुरु हुन सकेको छैन । आज पाँचखाल–१३, कोसीदेखामा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा मतदानस्थल तोडफोड गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीका अनुसार अझै मतदान सुरु हुने टुंगो लागेको छैन ।
पाँचखाल–१३ मा मतदान अधिकृतले एकै व्यक्तिलाई एकभन्दा बढी मतपत्र दिन खोजेपछि झडप भएको थियो । झडपकै क्रममा मतदानस्थल तोडफोड गरिएको हो ।
उता, काभ्रेकै तिमाल गाउँपालिकामा र चौरीदेउराली गाउँपालिकामा भने रोएिको मतदान सुरु भइसकेको उनले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १६:३६
प्रतिक्रिया दिनुहोस्