राजनीति
![रामेछापमा झडप : हवाईफायर, थप सुरक्षाकर्मी पठाइयो, सर्वदलीय छलफल हुँदै](https://12khari.top/uploads/posts/jhadap11651570699.jpg)
काठमाडौं । रामेछापमा स्थानीय तह निर्वाचनका क्रममा आज तीन ठाउँमा झडप भएको छ ।
प्रमुख निर्वाचन अधिकृत दिवाकर भट्टका अनुसार ठूलो समूह गएर मतदानस्थल कब्जाको प्रयास गरेपछि झडपको अवस्था आएको हो । भट्टका अनुसार त्यसपछि मतदान स्थगित गरेर सर्वदलीय छलफल भइरहेको छ । थप सुरक्षाबल पनि पठाइएको छ ।
झडप सुरु भएपछि दोरम्बा सैलुङ र खाँणदेवीमा प्रहरीले हवाईफायर गरेको छ । खाँणदेवी गाउँपालिका–१, राकाथमा मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि नियन्त्रणका लागि प्रहरीले सात राउन्ड हवाईफायर गरेको हो । झडपपछि राकाथाम मतदान केन्द्रको मतदान स्थगित भएको हो ।
दोरम्बासैलुङ गाउँपालिकाको मानपुर कृष्ण माविमा मतदान केन्द्रमा पनि दुईपक्षीय झडप भएको छ ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ ११:०६
प्रतिक्रिया दिनुहोस्