site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अनिल परियार : साथीको मोटरसाइकल पछाडि बसेर गएका थिए, घर फर्किन पाएनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । साथीको मोटरसाइकलको पछाडि बसेर गएका चितवनको भरतपुर महानगरपालिका–१२ का २८ वर्षीय अनिल परियार घर फर्किन पाएनन् । साथीले ‘काम छ’ भन्दै उनलाई लिएर गएका थिए ।

आइतबार बेलुका करिब साढे ७ बजे भरतपुर–७, कृष्णपुर खेलमैदाननजिक अज्ञात समूहले उनीमाथि धारिलो हतियार प्रहार गर्‍यो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । चितवन मेडिकल कलेजमा पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषित गरे ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारका अनुसार बेलुकाको समयमा साथीले बोलाएर अनिल साथीसँगै मोटरसाइकलमा गएका थिए । उनले भने, ‘‘साथीले बोलायो भनेर हिँडेका रहेछन् । पछि एकैपटक यस्तो घटना भयो भन्ने कुरा आयो । खबर आउनेबित्तिकै हामी घटनास्थलमा पुगेका थियौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

अनिलमाथि छुरा, खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनिललाई मोटरसाइकलको पछाडि चढाएर लैजाने साथी फरार छन् । प्रहरीले हत्यामा संलग्नको खोजी गरिरहेको जनाएको छ ।

आज बिहान नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले विज्ञप्ति जारी गर्दै चुनावी प्रचारप्रसारका क्रममा अनिलको हत्या गरिएको दाबी गरेका थिए । विज्ञप्तिमा अनिल कांग्रेस वाग्मती प्रदेश प्रतिनिधि भएको जनाइएको छ ।

Global Ime bank

तर, हत्या चुनावी प्रचारप्रसारसँग नजोडिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अनिल गत वर्ष चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए ।

अनिल हत्याको विषयलाई लिएर अहिले चितवन मेडिकल कलेज तनावग्रस्त बनेको छ । कांग्रेसनिकट कार्यकर्ता र पीडित पक्षले विरोध प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार चितवन कांग्रेसनिकट युवा र पीडित पक्षले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मेडिकल कलेजअगाडि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिए ।

अनिलको शव चितवन मेडिकल कलेजमै छ । डीएसपी अधिकारीले शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको बताए ।

अहिलेसम्म दोषी पत्ता नलगाएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement