काठमाडौं । इसेवा मनि ट्रान्सफर र रोमानियाको प्रथम मनि ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै रोमानियामा अध्ययन, काम तथा बसोबास गर्दै आएका नेपालीहरूले नेपालमा स्मिथ एण्ड स्मिथका रोमानियामा रहेका कुनै पनि शाखाबाट सिधै नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् । साथै इसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिने जनाइएको छ ।
रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनि ट्रान्सफरका १८ हजार बढी एजेण्ट/नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्तगर्न सकिनेछ । इसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
हाल इसेवा मनि ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट इसेवा मनि ट्रान्सफरमार्फत नेपाल पैसा पठाउँदा दैनिक ५ हजार तथा बम्परमा ५० हजार रुपैयाँसमेत जित्न सकिने कम्पनीले जनाएको छ ।
रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेको जनाइएको छ ।