देश
काठमाडौं । ताप्लेजुङमा बुवा र आमाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
आफ्नै बुवा ७० वर्षीय बिर्खबहादुर लिम्बू र आमा ७२ वर्षीया थिपरानी लिम्बूको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनका छोरा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–६, गोटी थांगा बस्ने २५ वर्षीय आइतराज लिम्ब्ू रहेका छन् ।
प्रहरीचौकी लेलेपबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९ १२:०८
प्रतिक्रिया दिनुहोस्