site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमास्थलबाट बरामद गरेको साढे ३३ किलो सुन काण्डका अभियुक्त राजनप्रसाद पन्तलाई प्रहरीले अदालतमा बुझाएको छ । 

अदालतको म्याद बुझ्न नेपाल आउने क्रममा यूएई प्रहरीले उनलाई दुबई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । दुबई प्रहरीले त्यहाँको अदालतमा पेस गरेपछि यूएईको अदालतले उनलाई नेपाल जान दिन त्यहाँको प्रहरीलाई पत्राचार गरेपछि उनी सोमबार बिहान नेपाल आएका हुन् । 

ईन्टरपोल दुबईले उनी नेपाल आउने खबर दिएपछि नेपाल प्रहरीको इन्टरपोलले उनलाई सोधपुछपछि अदालतमा बुझाएको छ । 

“पन्तलाई ब्युरोले डिफ्युजन नोटिस जारी गर्न अनुरोध गरेको थियो । त्यही आधारमा हामीले नोटिस जारी गरेका थियौं । उनी नेपाल आउने बेला यूएई प्रहरीले नियन्त्रणमा लिएको जानकारी गराएको थियो, पन्त नेपाल आउनेबारे हामीलाई खबर गरेका कारण हामीले नियन्त्रणमा लिएर सोधपुछ गरेका हौं,” नेपाल प्रहरीको इन्टरपोल शाखाकी प्रमुख एसपी किरण बज्रार्चायले भनिन्, “डिफ्युजन नोटिस जारी गरेको मान्छेलाई सम्बन्धित निकायमा बुझाउँदा हामीले सोधपुछ गर्नुपर्छ त्यो गरिएको हो ।”

गएको पुस २१ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमास्थलबाट गोपालबहादुर शाहीको साथबाट साढे ३३ किलो सुन बरामद गरेको थियो  । सोमबार नेपाल आएका पन्त पहिल्यै आउन चाहे पनि विभिन्न कारण ढिलाइ भएको उनको तर्फबाट वकालत गर्ने अधिवक्ता रामचन्द्र कार्कीले बताए ।

बाह्रखरीसँग उनले भने, “प्रहरीले आफू पपुलर बन्नका लागि जे सजिलो देख्यो, त्यसैलाई अभियुक्त बनायो, अनुसन्धानको गहिराइमा पुगेन । गल्ती गर्नेहरु निस्के, सोझाहरु फसे,” उनले भने । 

सोझा परे, टाठाबाठा निस्के ।

प्रहरीको केन्द्रीय ब्युरो स्रोतका अनुसार साढे ३३ किलो सुन काण्डमा ठूलै राजनीति भएको छ । सुरुमा जो व्यक्तिको नाम आएको थियो, तिनीहरु केही प्रहरीका आफन्त र केही नेताका नातेदार भएका कारण उनीहरुको नाम हटाएर अहिले अभियुक्त बनाइएकाको नाम अदालतमा बुझाइएको छ । 

सीआईबीका एक अधिकारीले बाह्रखरीलाई भने, “जो व्यक्तिलाई अभियुक्त बनाइएको छ, तिनीहरुको खासै संलग्नता छैन र जो दोषी छन्, उनीहरु छुटेका छन् ।” 

ब्युरोका तत्कालीन प्रमुख डीआईजी नवराज सिलवालले नै सुन काण्डमा चलखेल गरेको उनको दाबी छ । “अनुसन्धान गर्दा पहिला कुनै व्यक्तिको नाम पुछारमा थियो, तर अदालतमा बुझाउँदा पुछारमा नाम भएकालाई मुख्य बनाइयो । जुन मुख्य भनेर नाम आएको थियो, त्यो व्यक्तिको नाम अदालतमै पुगेन,” उनले दाबी गरे । 

सुन अनुसन्धान काण्डमा संलग्न एक अधिकारी भन्छन्, “यो साढे ३३ किलो सुन काण्डमा ठूलै राजनीति भएको छ । भरिया र यता बजारमा सुन पुर्याउने केही पक्राउ परेपनि सुन कसको भन्ने कुरा खुलेन, ठूलाबडाको संलग्नता भएको देखियो । फाइल रातारात तयार गरी अदालत पुग्यो ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ ५, २०७४  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro