site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जन्मजात दुई योनी भएकी बच्चाको जन्म
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

लन्डन । जन्मजात दुईवटा योनि भएकी एक महिलाले बिना कुनै कठिनाइ सामान्य ढंगले नै एक छोरी जन्माएकी छन् ।

अमेरिकाको अलास्का निवासी २९ वर्षीया स्टेफानी ह्याक्स्टनले गर्भधारण गरेर उच्च जोखिम मोलेकी थिइन् । छ वर्ष अघि गरिएको नियमित यौन स्वास्थ परीक्षणको क्रममा उनको शरीरमा ‘युटेरस डाइडलफिस’ नामक एक दुर्लभ अवस्था भेटिएको थियो । यसको अर्थ उनका दुईवटै गर्भाशय पूर्ण रूपमा सञ्चालित थिए । जसले गर्दा  गर्भ तुहिने खतरा बढी थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“यस्तो युवा अवस्थामै त्यस्तो कुरा थाहा पाएपछि म सधैँ मैले कहिल्यै सन्तान पाउन सक्दिँन भनेर सोच्ने गर्दथेँ । त्यसैले मैले कहिल्यै बच्चा पाउने आशा पनि गरिन,” स्टेफानीले भनिन्, “म केवल बच्चा भइहाले ठीकै छ भनेर सोच्थेँ । मलाई बच्चा चाहने हो भने केही कठिन परीक्षण गर्नुपर्ने बताइयो । त्यसैले परीक्षण कार्यलाई  एकातिर पन्छाएँ ।”

दुई वर्ष अघि स्टेफानीको गर्भपतन भएपछि उनी र उनका पार्टनर बेन लुएड्त्के मर्माहत भए । उनले परीक्षण गराउने निर्णय गरिन् । तर उनलाई त्यसका लागि ३० वर्ष उमेर पुग्नुपर्ने बताइयो ।  

Royal Enfield Island Ad

उनी आफू पुनः गर्भवती भएको क्षण सम्झिन्छन्, “मैले गर्भाधारण गर्दा निकै जोखिम हुने बताइएकाले मैले हरेक साता अल्ट्रासाउन्ड गराउथेँ । बच्चा बसेको गर्भाशय निकै सानो भएकाले पूरा समय हुर्किन गाह्रो हुनसक्ने बताइयो ।” बच्चा उनको गर्भाशयको बायाँ मुखमा थियो । त्यसैले उनको पेटको बायाँ पट्टी मात्र हुर्कँदै थियो ।

नौ महिना पुग्दा बच्चालाई चल्न त्यहाँ प्रशस्त ठाउँ थिएन । त्यसैले डाक्टरहरू अलमलिन थाले । बच्चा झन्झन् ठूलो हुँदै थियो । 

खतराको बाबजुद स्टेफानीको आपत्कालीन सिजरिन गर्नुपर्ने भयो । उनीकी छोरी स्टेलाकाे निर्धारित समय भन्दा ९ दिन ढिलो अर्थात ४१ सातामा गत अगष्टमा जन्म भयो । 

स्टेफानी भन्छिन्, “दुईवटा गर्भाशयका मुखहरू ‘सेप्टम’ नामक एउटा सानो तन्तुले छुट्याएको थियो । डाक्टरहरूले मलाई आपत्कालीन सि–सेक्सनको जरुरी हुनसक्ने ठानेर सबैकुरा ठीक पारेर राखेका थिए । तर मैले सामान्य तरिकाले नै बच्चा जन्माउन सकेँ ।”
मेट्रोबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro