site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी सभामुख पेलोसी किभमा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

किभ । अमेरिकी सभामुख न्यान्सी पेलोसी युक्रेनकाे राजधानी किभ पुगेकी छन् । अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट्न पेलाेसी शनिवार किभ पुगेकी हुन् । आइतवार उनी पोल्यान्ड पुग्ने कार्यक्रम पनि रहेकाे बताइएकाे छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उप राष्ट्रपतिपछि दोश्रो वरियतामा पर्ने क्यालिफोर्नियाकी डेमोक्रेट पेलोसी रुसले युक्रेनमा आक्रमण सुरु गरेयता युक्रेन पुग्ने सबैभन्दा वरिष्ठ अमेरिकी विधायक हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनको किभ भ्रमण अमेरिकाको मस्कोविरुद्ध युरोपलाई निरन्तर सहयोगको महत्वपूर्ण संकेत हो । आइतवार सार्वजनिक गरिएको एक विज्ञप्तिमा पेलोसीले भनेकीछन्, “ हाम्रो प्रतिनिधिमण्डलले किभ भ्रमण गरेर सम्पूर्ण विश्वलाई अमेरिका युक्रेनका लागि कडा अडान सहित उभिएको बताउन चाहन्छ ।” 

राष्ट्रपति जेलेन्स्कीको कार्यालयले पेलोसी र अन्य अमेरिकी विधायकहरूले किभ भ्रमण गरेको भिडियो फुटेज सार्वजनिक गरेको छ । सो भिडियोमा सभामुख पेलोसी र जेलेन्स्कीले युद्धमा सहयोग गरेबापत एकअर्कालाई धन्यवाद दिएको देखिन्छ । जेलेन्स्कीले भनेका छन्, “ हामीले जित्छौँ र हामीले सँगै जित्नेछौंँ ।” 

Royal Enfield Island Ad

त्यसैगरी भिडियोमा पेलोसीले भनेकी छन्, “विजय प्राप्त नगरुन्जेल हामी यहाँ हुनेछौँ।”    

एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro