site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णालीमा कस्तो छ चुनावी अभियान ? गठबन्धनले कस्तो पार्ला प्रभाव ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आसन्न निर्वाचनका लागि सत्ता साझेदार दलहरूबीच कर्णाली आठ जिल्लामा गठबन्धन भएको छ । गठबन्धनका तर्फबाट प्रदेशका आठ जिल्लामा उमेदवारहरूले मनोनयन दर्ता गरिसकेका छन् । 

कर्णालीका कुल १० वटा जिल्लामध्ये दुई जिल्ला रुकुमपश्चिम र सल्यानमा मात्रै गठबन्धन टुटको छ । जिल्लाका आठवटा जिल्ला कालिकोट, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा गठबन्धनका उम्मेदारहरू अघि बढाइएको छ । 

माओवादीको आधारकेन्द्र मानिएको कालिकोटमा सबै दललाई मिलाएर लैजाने निर्णय गरी मनोनयन दर्ता गरिएको पूर्वमुख्यमन्त्री तथा माओवादीका नेता महेन्द्रबहादुर शाहीले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन आयोगका अनुसार कर्णाली प्रदेशका १० जिल्ला गरी १२ हजार ८ सय ४८ जनाले मनोनयन दर्ता गरेका छन् । जसमध्ये नगरपालिकाको  प्रमुखमा १६३ गाउँपालिका अध्यक्षमा ३ सय जनाको मनोनयन दर्ता भएको छ । 

उपमेयरतर्फको उम्मेदारीमा  १४८ र उपाध्यक्षमा २७७ जनाको ममोनयन दर्ता भएको छ । 

Global Ime bank

३०५३ जनाले वडाध्यक्ष,  २ हजार २ सय  ३६ महिला वडा सदस्य, १ हजार ९ सय ३० दलित महिला सदस्य र अन्य ४ हजार ७ सय ४२ जनाले दर्ता गराएका छन्  ।

२०७४ सालको निर्वाचनलाई फर्केर हेर्दा कर्णालीमा कुन दलको अवस्था कस्तो थियो भन्नेबारे वडास्तरसम्मको मत परिणाम यहाँ प्रस्तुत गरिएको छ । 

सुर्खेत : सत्ता साझेदार दलको तालमेल 

कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको स्थानीय निर्वाचन ०७४ मा नेपाली कांग्रेसले जिल्लाका ४ नगरपालिकासहित २ गाउँपालिकाको प्रमुख ३ नगरपालिका उपप्रमुख र २ गाउँपालिकाको उपाध्यक्ष पद जितेको थियो ।    

यस्तै, एमालेले लेकबेसी नगरपालिका, सिम्ता नगरपालिकासहित चौकुने गाउँपालिकाको प्रमुख पदमा सीमित बनेको थियो भने माओवादी केन्द्र सुर्खेतमा निकै कमजोर देखिएको थियो । यसपटक सत्ता साझेदार दलहरूबीच गठबन्धन हुने भएको छ । 

गुर्माकोट नगरपालिका : तीन हजार मतान्तरले कांग्रेस अघि 

०७४ सालको चुनावमा सुर्खेत गुर्माकोट नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसले जित हात पारेको थियो । 

कांग्रेसका हस्त पुनले १० हजार ६३ मत ल्याएर जित्दा एमालेका देवबहादुर खत्रीले ७ हजार १२३ र माओवादीका हिरा बहादुर थापाले १जार ५९१ मत पाएका थिए । 

त्यस्तै, उपमेयर पदमा कांग्रेसकी मैना विकले ९९७४ मत पाएर विजयी हुँदा एमालेकी शुसिला कुमारी विश्वकर्माले ७२६६ मत पाएकी थिएन भने माओवादी केन्द्रकी नन्दकली कामीले १६०० मत पाएकी थिइन् । 

गुर्माकोट नगरपालिकाका १४ वटा वडा कार्यालयहरूमध्ये ११ वटा कांग्रेस र तीन वटामा एमालेले जित हासिल गरेको थियो । 

चिङ्गाड गाउँपालिका : कांग्रेस अघि–अघि एमाले पछि–पछि
 

चिङ्गाड गाउँपालिकामा यसअघि सम्पन्न भएको स्थानिय निर्वाचनलाई फर्केर हेर्दा कांग्रेस अघि–अघि एमाले पछि–पछि रहेको थियो ।  

जसमध्ये कांग्रेसका देवबहादुर चन्दले २ हजार ९४९ मत ल्याएर विजयी हुँदा एमाले बखत बहादुर खत्री २ हजार ३८५ र माओवादीका बोध विक्रम जिसीले १ हजार ७२१ मत पाएका थिए । 

गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसकी मनमाया आचार्य २९१७ मत पाएर विजयी हुँदा एमालेकी दिपाकुमारी राना २ हजार ४१४ र माओवादीकी तेजकुमारी राना १ ७१९ मत ल्याएकी थिइन् । 

यस गाउँपालिकाका ६ वटा वडा कार्यालयहरूमध्ये तीन कांग्रेस दुई माओवादी र एक एमालेले जितेको थियो । 

चौकुने गाउँपालिका : एमालेलाई गठबन्धनको धक्का   

०७४ मा सम्पन्न निर्वाचनमा यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले सफलता प्राप्त गरेको थियो । 

एकालेका धीरबहादुर शाहीले ३ हजाार २४२ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका खड्क विकले २ हजार ६३३ मत ल्याएका थिए भने काग्रेसका गजराज जोशीले २ हजार २५० मत पाएका थिए । 

उपाध्यक्षमा पनि एमालेकै निर्मला मगरले ३ हजार ३५७ मत पाएर निर्वाचित हुँदा  माओवादीकी बिमला जिसीले २ हजार ३१२ मत र कांग्रेसकी रेनु रानाले २ हजार १९४ मत पाएकी थिइन् । 

गाउँपालिकाका १० वटा वडा कार्यालयहरूमध्ये एमालेले ६, कांग्रेसले दुई र माओवादीले दुई वडामा जित हासिल गरेको थियो । 

पञ्चपुरी नगरपालिका : कांग्रेस बलियो 

अघिल्लो स्थानीय निर्वाचनमा पञ्चपुरी गाउँपालिकाको मेयर र उपमेयर दुवै पदमा काग्रेसले जित हासिल गरेको थियो । 

कांग्रेसका उपेन्द्रबहादुर थापाले ५ हजार १३४ मत पाएर निर्वाचित हुँदा एमालेका मन बहादुर कामीले ४ हजार ७३२ मत र माओवादीका धनबहादुर विकले १ हजार ३५८ मत पाएका थिए । 

उपमेयरमा पनि कांग्रेसकै मुक्तिदेवी रेग्मी ५ हजार २०४ मत ल्याएर विजयी हुँदा एमालेकी राजकुमारी तिवारीले ४ हजार ८२४ मत र माओावादीकी सिता पाण्डेले १ हजार ४४७ मत पाएकी थिइन् । 

नगरपालिकाका ११ वडाहरूमध्ये ६ वटा कांग्रेस पाँच वडाध्यक्षमा जितेका थिए भने माओवादीले कुनै पनि वडाध्यक्ष पद जित्न सकेको थिएन । 

बराहताल गाउँपालिका : कांग्रेस नै बलियो   

अघिल्लो स्थानीय तहको चुनावमा बराहताल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले जितेको थियो । 

कांग्रेसका तेज बहादुर ३ हजार २२१ मत ल्याएर निर्वाचित हुँदा एमालेका तारा केशर गौतमले २ हजार ९१४ मत र माओवादीका बल बहादुर कठायतले १ हजार ९८४ मत पाएका थिए । 

उपाध्यक्षमा कांग्रेसकी शोभा कुमारी शर्माले ३ हजार ३१२ मत पाएर विजयी हुँदा एमालेकी आशा थापा कार्कीले ३ हजार १९० मत र माओवादीकी गोमा गुरुङले १ हजार  ९४४ मत पाएकी थिइन् । 

गाउँपालिकाका १० वटा वडामध्ये कांग्रेसले चार एमालेले तीन माओवादीले दुई र स्वतन्त्रले एक वडाध्यक्ष पद जितेका थिए । 

वीरेन्द्रनगर नगरपालिका : एमालेको प्रतिस्पर्धा कमजोर बन्ने डर

यस नगरपालिकामा कांग्रेसले मेयर र एमालेले उपमेयर पद जितेको थियो । कांग्रेसका देव कुमार सुवेदीले १४ हजार ४०५ मत ल्याएर विजयी हुँदा एमालेका बालाराम शर्माले १३ हजार ८९९ मत र माओवादीका रत्न बहादुर गाहा मगरले ५ हजार २३७ मत पाएका थिए । 

उपमेयर पदमा एमालेकी मोहन माया भण्डारीले १ हजार ६६८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसकी जानकी सिंहले १ हजार ४२६ मत पाएकी थिइन् भने हरिमाया शर्मा गौतमले ४ हजार ६८९ मत पाएकी थिइन् । 

१६ वटा वडा रहेको नगरपालिकाका एमाले बलियो देखिएको थियो । जसमध्ये नौ वटा एमाले, ६ कांग्रेस र एक माओवादी केन्द्रले जितेको थियो । 

भेरीगंगा नगरपालिका : पाटी विभाजनले एमाले संकटमा  

०७४ सालको निर्वाचनमा भेरिगंगा नगरपालिकामा नेपाली कांग्रेसले नै जित हात पारेको थियो । 

मेयर पदमा कांग्रेस भूपेन्द्र बहादुर चन्द ७ हजार ५४३ मत पाएर निर्वाचित हुँदा  एमालेका यज्ञ प्रसाद ढकालले ७ हजार ३८४ मत पाएका थिए भने माओवादीका कृष्णप्रसाद गिरीले १ हजार ६३७ मत पाएका थिए ।  

नगरपालिकाको उपमेयर पदमा कांग्रेसकै रेणु आचार्य ७ हजार ५७४ मत पाएर निर्वाचित हुँदा एमालेकी चन्द्रा आचार्यले ७२९७ मत र माओवादीकी डिलसरा थापा क्षेत्रीले १ हजार ६५८ मत पाएकी थिइन् । 

भेरीगंगा नगरपालिकाका जम्मा १३ वटा वडामध्ये कांग्रेसले आठ एमालेले ४ र माओवादीले एक वडामा जित हासिल गरेको थियो ।
यस नगरपालिको उपमेयर पद र मेयरको पदमा एमालेले कांग्रेससँग प्रतिस्पर्धा गरेको थियो । 

लेकबेसी नगरपालिका : एमालेको विरासत भत्किने चिन्ता 

गएको निर्वाचनमा सुर्खेतको लेकबेसी नगरपालिकामा उपमेयर र मेयर दुवै पदमा एमालेले जितेको थियो । 

एमालेका गगनसिंह सुनारले ५ हजार ७५३ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उमेश कुमार पौडेलले ४ हजार ३९९ मत पाएका थिए । त्यस्तै, माओवादीका खड्गबहादुर घर्तीले २ हजार १५८ मत पाएका थिए । 

नगरपालिकाको उपमेयर पदमा पनि उपमेयर एमालेकै शान्ति कुमारी छन्तेनले ५ हजार ७४० मत पाएर निर्वाचित हुँदा कांग्रेसकी लिलामती विकले ४ हजार ४३८ मत र माओवादीकी आरती विकले १ हजार  ९५७ मत पाएकी थिइन् ।  

नगरपालिकाका कुल  १० वडामध्ये ६ एमाले र तीन कांग्रेस र एक माओवादीले जितेको थियो । 

सिम्ता नगरपालिका : गठबन्धनसँग एमालेको टक्कर 
 

अघिल्लो स्थानीय निर्वाचनमा सिम्ता नगरपालिकामा एमाले बलियो देखिएको थियो । मेयर उपमेयर दुवै पद एमालेले जितेको थियो  ।

एमालेका कविन्द्र कुमार कविन्द्र कुमार केसीले ५३५५ मत पाएर विजयी हुँदा कांग्रेसका खड्गबहादुर पोखरेलले ४ हजार ६०४ मत पाएका थिए भने तेस्रोमा माओवादीका झुपबहादुर बुढा मगरले ६६४ मत पाएका थिए । 

उपमेयर पदमा पनि नेकपा एमालकै चन्द्रकला शाहीले ५ हजार ३४६ मत ल्याएर विजयी हुँदा कांग्रेसकी भीमा मल्लले ४ हजार ५७८ मत र माओवादीकी चन्द्रकला खत्रीले ७२५  मात्र मत पाएकी थिइन् । 

नगरपालिकाका ९ वटा वडामध्ये ६ एमाले र तीन वडामा कांग्रेसले जितेको थियो भने माओवादीले एउटा वडा पनि जितेको थिएन । 

दैलेख 
बलियो एमालेले जोगाउन सक्ला विरासत ? 

दैलेखमा सत्ता साझेदार दलका प्रमुख चार दलले गठबन्धका उम्मेदारलाई अघि बढाएका छन् । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले दैलेखका सबै स्थानीय तहमा गठबन्धन हुने भएको छ ।  

दैलेखमा जम्मा ११ वटा स्थानीय तह रहेका छन् । स्थानीय निवार्चन ०७४ लाई फर्केर हेर्दा एमाले दैलेखमा कांग्रेस र माओवादी भन्दा बलियो देखिएको थियो । 

जिल्लाका कुल ११ वटा स्थानीय तहमध्ये तीन नगरपालिका र चार गाउँपालिका प्रमुखको नेतृत्व लिएर बलियो देखिएको थियो । यस्तै, सात स्थानीय तहको उपप्रमुख पद जितेको थियो । 

जिल्लाका स्थानीय तह चामुण्डा विन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका, दुल्लु नगरपालिका, नारायण नगरपालिका, भगवतीमाई गाउँपालिका, भैरवी गाउँपालिका र महाबु गाउँपालिका उपप्रमुखमा एमालेले जित हासिल गरेको थियो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीन स्थानीय तह प्रमुख र चार उपप्रमुख पदमा जित हासिल गरेर दोस्रो हैसियत बनाएको थियो । 

जिल्लामा तेस्रो हैसियत बनाएको माओवादीले केही वडाध्यक्षबाहेक प्रमुख र उपप्रमुख पद जित्न सकेन । 

अब अहिले गठबन्धनका चार दलहरूले तालमेल गर्ने भएपछि दैलेखको अवस्था फेरिएको छ । सबैभन्दा ठूलो दल एमाले फुटेर तितरवितर भएको छ । 

यससँगै दैलेख जिल्लामा ०७४ मा सम्पन्न भएको स्थानीय निर्वाचनको मत परिणाम यहाँ प्रस्तुत गरिएको छ । 

आठबीस नगरपालिका : एमालेका मेयर, कांग्रेसकी उपमेयर 

०७४ को निर्वाचनलाई फर्केर हेर्दा आठबीस नगरपालिकाको मेयरमा एमाले र उपमेयरका कांग्रेसले जित हासिल गरेको थियो । 

मेयरमा एमालेका खड्ग राज उपाध्यायले ३९२७ मत ल्याएर विजयी हुँदा कांग्रेस प्रेम प्रकाश शाहीले ३ हजार ८८० मत पाएका थिए भने नेपाल मजदुर किसान पार्टीका तर्कबहादुर बडुवाल २ हजार १०४ मत पाएका थिए । 

यस नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रले उम्मेदवारी नै दिएको थिएन । 

उपमेयरमा भने कांग्रेसकी दीपा बोहराले ४ हजार १८७ मत पाएर विजयी हुँदा एमालेकी गमता विकले ३९९० मत र माओवादीकी झरना माझीले १७९५ मत प्राप्त गरेकी थिइन् ।

आठबीस नगरपालिकाका कुल ९ वडामध्ये एमालेले चार कांग्रेसले चार र नेपाल मजदुर किसान पाटीले एक वडामा जित हासिल गरेको थियो । 

गुँरास गाउँपालिका : कांग्रेसको जित 

गुँरास गाउँपालिकामा एमालेका प्रेम बहादुर खड्काले ३ हजार ४२३ मत र माओवादीका कृष्ण बहादुर पाण्डेले ४९९ मत प्राप्त गरेका थिए । 

उपाध्यक्षमा कांग्रेसकै दीपा कुमारी बिसीले ४ सय ०३७ मत पाएर निर्वाचित हुँदा एमालेकी प्रभादेवी गुरुङले ३ सय ५६९ र माओवादीकी निर्मा शाही (सिके)ले ४७२ मत पाएकी थिइन् । 

यस गाउँपालिकाका कुल ८ वडामध्ये चार एमाले र चार कांग्रेसले जितेको थियो । 

चामुण्डाविन्द्रासैनी नगरपालिका : १०० बढी मतान्तरले एमालेको जित 

जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकामा १०० बढी मतान्तरले कांग्रेसलाई हराउँदै एमालेले जित हात पारेको थियो । 

मेयरमा एमालेका सूर्यबहादुर शाहीले २ हजार ७७३ मत पाएर निर्वाचित हुँदा कांग्रेसका गणेश कुमार शाहीले २६७० नेमकिपाका टिकाराम विकले हजार ३३३ मत र माओवादीका रणबहादुर खड्काले ८१३ मत पाएका थिए । 

उपमेयरमा एमालेकी तारा कुमारी खत्रीले २ हजार  ९५४ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी इन्द्रा कुमारी शाहीले २ हजार ४८० र नेमकिपा अमृता शाही १ हजार २१३ मत र माओवादीकी मञ्जु रावतले ७१० मत पाएकी थिइन् । 

नगरपालिकाका कुल ९ वडामध्ये ६ एमाले दुई नेमकिपा र एक कांग्रेसले वडामा जित हासिल गरेका थिए । 

ठाँटीकाँध गाउँपालिका : एमालेले जित्ने सम्भावना न्यून 

विगतको निर्वाचनमा ठाँटीकाँध गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जित हासिल गरेको थियो । 

अध्यक्षमा एमालेका धीरबहादुर शाहीले १ हजार ९ हजार २४ मत पाएर विजयी हुँदा कांग्रेसका रक्ष बहादुर शाहले १ हजार ५६२ माओवादीका योगेन्द्र विक्रमराज थापाले १ हजार ३०६ र नेमकिपाका जय बहादुर थापाले ८ हजार ५८ मत पाएका थिए । 

उपाध्यक्षमा एमालेकी सुस्मिता सिंहले १ हजार  ९७८ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी भद्रा कुमारी शाहीले १ हजार ५३२ माओवादीकी सिर्जना ओलीले १ हजार ३४४ र नेमकिपाकी मीनादेवी शाहीले ७३७ मत ल्याएकी थिइन् । 

गाउँपालिकाका ६ वडामध्ये एमालेले पाँच र कांग्रेसले एक वडामा जितेको थियो । 

डुंगेश्वर गाउँपालिका : के होला अवस्था ?

०७४ को निर्वाचनमा डुंगेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नगेन्द्रबहादुर मल्लले २ हजार ७८७ मत पाएर निर्वाचित हुँदा एमालेका मानबहादुर विष्टले २ हजार ४६९ माओवादीका खगेन्द्रबहादुर पुन मगरले ४५३  र नेमकिपाका जगतबहादुर वलीले २४१ मत पाएका थिए । 

उपाध्यक्षमा कांग्रेसकी सीता ज्ञवालीले २ हजार ६२८ मत पाएर विजयी हुँदा एमालकी कलावती न्यौपानेले २६१८ र माओवादीकी डिल कुमारी विकले ४६४ मत पाएका थिए । 

गाउँपालिकाका कुल ६ वडामध्ये चार कांग्रेस र दुई एमालेले जितेको थियो । 

दुल्लु नगरपालिका : मेयरमा कांग्रेस, उपमेयरमा एमाले 

दैलेख जिल्लाको दुल्लु नगरपालिकाको मेयरमा कांग्रेसका घनश्याम भण्डारीले ६ हजार ३४९ मत पाएर विजयी हुँदा एमालेका बरुनाथ योगीले ६ हजार २८० र माओवादीका ढकेन्द्रबहादुर शाहीले १ हजार ९२३ मत ल्याएका थिए ।  

उपमेयरमा एमालेकी विष्णु थापाले ६ हजार ४७८ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी कृष्णकुमारी शाहीले ६ हजार १०९ र माओवादीकी रमा कुमारी थापा कार्कीले १ हजार ८३५ मत पाएकी थिइन् । 

नगरपालिकाका कुल १३ वडामध्ये आठ एमाले र पाँच कांग्रेसले जितेको थियो । 

नारायण नगरपालिका : बलियो एमालेलाई गठबन्धनको चुनौती  

नारायण नगरपालिकाको मेयरमा एमालेका रत्नबहादुर खड्काले ४ हजार ७२५ मत पाएर निर्वाचित हुँदा कांग्रेसका मणिराम रेग्मीले ४ हजार ४५१ माओवादीका दानबहादुर महताराले ३९९ र राप्रपाका गंगाराम बस्नेतले ६११ मत पाएका थिए ।  

यसैगरी, उपमेयरमा एमालेकी सावित्रि मल्लले ४ हजार ८६६ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी बासना थापाले ४ सय २८९ र माओवादीकी रत्नकुमारी रेग्मीले ४४१ र राप्रपाका कृष्ण कुमारी मल्लले ५७६ मत पाएकी थिइन् । 

नगरपालिकाका कुल ११ वडामध्ये आठ एमाले र तीन कांग्रेसले जितेको थियो । 

नौमुले गाउँपालिका : कांगेसलाई नै जित्ने अवसर 

नौमुले गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भदे बुढा मगरले ३१५२ मत पाएर निर्वाचित हुँदा एमालेका लिला बहादुर राम्जालीले २६४४ मत र माओवादीका छविराम सुवेदीले १ हजार ६२८ मत पाएका थिए । 

उपाध्यक्षमा कांग्रेसकी अमुता सिंहले ३२८० मत पाएर निर्वाचित हुँदा एमालेकी झरना चन्दले २७३४ मत र माओवादीकी चन्द्रा कुमारी थापा मगरले १ हजार ४१९ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ८ वडामध्ये पाँच कांग्रेस र तीन एमालेले जितेको थियो । 

भगवतीमाई गाउँपालिका : एमालेको जित 

भगवतीमाई गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले जितेको थियो । एमालेका दानबहादुर थापाले २३२९ मत पाएर निर्वाचित हुँदा कांग्रेसका दशरथ खड्काले १८८९ र माओवादीका गणेशबहादुर थापाले १ हजार ६७२ मत पाएका थिए ।  
त्यस्तै, उपाध्यक्षमा एमालेकी चन्द्रा रेग्मीले २४२१ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी मीना कुमारी खड्काले १८८९ र माओवादीकी डिल कुमारी विकले १३७८ मत पाएकी थिइन् । 

गाउँपालिकाका ७ वडामध्ये एमालेले चार कांग्रेसले एक, स्वतन्त्रले एक र राप्रपाले एक वडाध्यक्ष जितेका थिए । 

भैरवी गाउँपालिका : गठबन्धनले एमालेलाई डर 

भैरवी गाउँपालिकामा एमालेका प्रेम बहादुर बुढाले ३ हजार ५८४ पाएर निर्वाचित हुँदा कांग्रेसका जनार्दन ज्ञवालीले ३ हजार ७७ र माओवादीका मणीराम विष्टले ३०१ मत पाएका थिए । 

उपाध्यक्षमा एमालेकी पदम कुमारी विष्टले ३ हजार ४८३ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसकी बसन्ता थापाले २ हजार  ९८२ र माओवादीकी अनिता आले मगरले ३८० मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ७ वडामध्ये एमालेले चार र कांग्रेसले तीन वडा जितेको थियो । 

महाबु गाउँपालिका : एमाले पार्टी विभाजनको प्रभाव 

महाबु गाउँपालिकामा एमालेका जंग बहादुर शाहीले ३ हजार ५२२ मत पाएर निर्वाचित हुँदा कांग्रेसका कर्ण बहादुर शाहीले २ हजार  ९०० र माओवादीका जंग बहादुर बराल मगर ७३३ मत पाएका थिए । 

उपाध्यक्षमा एमालेकी प्रेम कुमारी बुढाले ३ हजार ५०८ मत पाएर विजयी हुँदा कांग्रेसकी मञ्जुकुमारी शर्माले २ हजार ८८७ र माओवादीकी रूपकला रावतले ८३५ मत पाएकी थिइन् । 

महाबु गाउँपालिकाका ६ वडामध्ये चार एमाले र दुई कांग्रेसले जितेका थिए । 

जाजरकोट : एमालेलाई गठबन्धनको चिन्ता 

गठबन्धनमा रहेका चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धनको तर्फबाट उम्मेद्वारलाई अघि बढाएका छन् । 

जिल्लाभर तीन नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तह रहेका छन् । 

०७४ को स्थानीय निर्वाचनमा एमालेले दुई नगरपालिकासहित एक गाउँपालिका, माओवादीले एक नगरपालिकासहित एक गाउँपालिका  र कांग्रेसले दुई गाउँपालिकामा जित हात पारेको थियो । 

गएको चुनावलाई फर्केर हेर्दा एमाले केही बलियो देखिएको थियो । यद्यपि, प्रमुख तीन दलबीच प्रतिस्पर्धा भएको थियो । 

तर, अहिले अवस्था फेरिएको छ । सत्ता गठबन्धनको तालमेलले एमालेलाई नोक्सान हुने देखिएको छ । एमाले विभाजित भएर दुई टुक्रा (एमाले र एकीकृत समाजवादी) भएको छ । 

पाटी विभाजनपश्चात् नेता कार्यकर्ताहरू तितरवितर भएका छन् । जिल्लाभित्रका स्थानीय तहका केही वडाध्यक्षहरूले एमाले पार्टी त्याग गरेर समाजवादीतर्फ लागेका छन् । 

कुशे गाउँपालिका : कांग्रेस बलियो 

०७४ सालको चुनावमा जाजरकोट कुशे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले जित हासिल गरेको थियो । 


अध्यक्ष पदमा कांग्रेसका हरि चन्द्र बस्नेतले २ हजार ५०८ मत ल्याएर निर्वाचित हुँदा एमालेका तप्त बहादुर हमाल २ हजार ४४ र माओवादीका जनकराज गौतमले १८१५ मत पाएका थिए । 

उपाध्यक्षमा कांग्रेसकी रामछाया कुमारी शाही २ हजार ३७८ मत पाएर निर्वाचित हुँदा एमालेकी गंगा कुमारी रोकायाले १ हजार ९८८ मत पाएकी थिइन्् भने माओवादीकी अम्बिका बस्नेत (सिंह)ले १ हजार ७३१ मत पाएकी थिइन् । 

जिल्लाको कुशे गाउँपालिकाका ९ वडामध्ये छ कांग्रेस दुई एमाले र एक माओवादीले जितेको थियो । 

छेडागाड नगरपालिका : एमालेको जित, कांग्रेस दोस्रो
 

छेडागाड नगरपालिकामा यसअघि सम्पन्न भएको स्थानीय निर्वाचनलाई फर्केर हेर्दा एमाले अघि–अघि कांग्रेस र माओवादी पछि–पछि रहेको देखिन्छ । 

नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेले जित हासिल गरेको थियो ।  

मेयरमा एमालेका लाल बहादुर महताराले ५ हजार १३६ मत पाएर निर्वाचित हुँदा कांग्रेसका रत्न बहादुर खड्काले ४ हजार ३४७ र माओवादीका चन्द्र बहादुर थापाले २ हजार ६६८ मत पाएका थिए । 

नगरपालिकाको उपमेयरमा एमालेकी सरिता वलीले ५ हजार १४७ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी रेसमा खत्री ४ हजार २६० र माओवादीकी धर्मशिला बस्नेत २ हजार ७२२ मत पाएकी थिइन् । 

यस नगरपालिकाका १३ वडामध्ये आठ एमाले तीन माओवादी र दुई कांग्रेसले जितेको थियो । 

जुनीचाँदे गाउँपालिका : माओवादीको जित 

०७४ मा सम्पन्न निर्वाचनमा यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीले सफलता हात पारेको थियो ।  

माओवादीका कृष्णबहादुर केसीले २ हजार ७७० मत पाएर विजयी हुँदा एमालेका वेद बहादुर शाहीले २ हजार २७४ र कांग्रेसका सर्पराज रावतले १ हजार  ९१८ मत पाएका थिए । 

उपाध्यक्षमा पनि माओवादीकै सिवा आचार्य बस्नेतले २ हजार ७७८ मत पाएर निर्वाचित भएकी थिइन् भने एमालेकी अम्बा कुमारी शाहले २ हजार २६६  र कांग्रेसकी तुलसीदेवी शाहीले १ हजार  ९३८ मत पाएकी थिइन् । 

यस गाउँपालिकाका ११ वडामध्ये चार एमाले चार माओवादी र तीन कांग्रेसले जितेका थिए । 

गाउँपालिकामा तेस्रो दलका रुपमा कांग्रेस सिमित रहेको थियो । 

त्रिवेणी नलगाड नगरपालिका : माओवादीको जित, एमाले तेस्रो  

अघिल्लो स्थानीय निर्वाचनमा त्रिवेणी नलगाड नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्रले नै विजयी भएको थियो । 

मेयरमा माओवादीका टेक बहादुर रावलले ३ हजार ४१८ मत पाएर निर्वाचित हुँदा कांग्रेसका छबि पन्तले २ हजार ८९८ र एमालेका नवेन्द्र नेपालीले २ हजार ६७४ मत पाएका थिए ।  

त्यस्तै, उपमेयरमा माओवादीकी बालकुमारी बस्नेतले ३ हजार २४१ मत पाएर विजयी  हुँदा कांग्रेसकी धनमाया शाहीले २९१२ र एमालेकी सुनिता बोहराले २ हजार ६३२ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल १३ वडामध्ये माओवादीले सात एमालेले चार र कांग्रेसले दुई वडा जितेको थियो । 

बारेकोट गाउँपालिका : कांग्रेस माओवादी अघि–अघि एमाले पछि–पछि

अघिल्लो स्थानीय तहको चुनावमा बारेकोट गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेस र उपाध्यक्षमा माओवादीले जित हासिल गरेको थिए । 

कांग्रेसका महेन्द्र बहादुर शाहले २१४८ मत ल्याएर विजयी हुँदा माओवादीका तिलकबहादुर रावतले २१२९  र एमालेका मिम बहादुर सिंहले २१०७ मत पाएका थिए । 

उपाध्यक्षमा माओवादीकी ओम शाहीले २२२४ मत पाएर निर्वाचित हुँदा एमालेकी गीता कुमारी सिंहले २१९७ मत कांग्रेसकी कालुकुमारी ज्योतिले १८३२ मत पाएकी थिइन्। 

बारेकोटका गाउँपालिकाका जम्मा ९ वडामध्ये चार माओवादी तीन कांग्रेस र दुई एमालेले जितेको थियो । 

भेरी नगरपालिका : गठबन्धन भए एमालेलाई डर 

भेरी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेले जित हात पारेको थियो ।  एमालेका चन्द्र प्रकाश घर्तीले ४ हजार २९२ मत पाएर विजयी हुँदा कांग्रेसका सनत कुमार कार्कीले ३ हजार ७८७ र माओवादीका ढकवीर रानाले ३ हजार ४११ मत पाएका थिए । 

उपमेयरमा एमालेकी भावना भण्डारीले ४ हजार १६२ मत ल्याएर निर्वाचित हुँदा माओवादीकी कृष्णा शर्माले ३ हजार ५०४ मत कांग्रेसकी धन कुमारी चपाईंले ३४८३ मत पाएकी थिइन् । 

भेरी नगरपालिकाका १३ वटा वडामध्ये कांग्रेसले ६ एमालेले पाँच र माओवादीले दुई वडा जितेको थियो । 

शिवालय गाउँपालिका : एमाले नै बलियो 

०७४ सालको निर्वाचनमा शिवालय गाउँपालिकामा पनि एमाले नै बलियो देखिएको थियो । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले जित हासिल गरेको थियो । 

अध्यक्षमा एमालेका नरेन्द्र कुमार शाहीले २०७३ मत पाएर विजयी हुँदा कांग्रेसका खडक बहादुर बुढाले १८३३ मत पाएका थिए भने माओवादीका लालबहादुर थापाले १ हजार २५० मत पाएका थिए ।  

यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका लागि अन्य दलले भाग लिएका थिएनन् । 

उपाध्यक्षमा एमालेकी कुमारी थापाले २ हजार ६३ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी गीता कुमारी सिंह शाहीले १ हजार ८१२ र माओवादीकी लक्ष्मी केसीले १ हजार १८७ मत पाएकी थिइन् । 

गाउँपालिकाका ९ वटा वडामध्ये चार एमाले तीन कांग्रेस र दुई माओवादीले जितेको थियो ।  


कालिकोट 
ठाउँ हेरेर तालमेल 

कालिकोटमा ३ नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । 

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितका नेताहरू आफ्नो क्षेत्र पुनः माओवादी केन्द्र नै बलियो बन्नेमा ढुक्क छन् । 

२०७४ सालको चुनावमा माओवादीको पकड क्षेत्र मानिएको कालिकोटका स्थानीय तहको अवस्था यहाँ प्रस्तुत गरेका छौँ । 

खाँडाचक्र नगरपालिका 

खाँडाचक्र नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जसिप्रसाद पाण्डे २ हजार २०५ मत ल्याएर विजयी भएका थिए । 

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लक्ष्मी प्रसाद चौलागाईले १ हजार ४६१ मत प्राप्त गरेर पराजित भएका थिए । त्यस्तै, अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमबहादुर शाहीले १ हजार ४२९ मत प्राप्त गरेका थिए । 

त्यस्तै, उपप्रमुखमा नेकपा एमालेबाट विजया बिष्टले १ हजार ९ सय ४५ मत प्राप्त गरेर जित हासिल गरेकी थिइन् । उपमेयरमा पराजित भएकी नेकपा माओवादी केन्द्रकी गंगा खड्का (बोगटी)  ले १ हजार ५ सय ५० मत ल्याएकी थिइन् । 

खाँडाचक्र नगरपालिकामा अरू दल भन्दा नेकपा एमालेले ४०० देखि ८०० बढी मतान्तरले अग्रता हासिल गरेको तथ्यले देखाउँछ । 

यस नगरपालिकामा ११ वटा वडा कार्यालयहरू रहेका छन् । जसमध्ये ७ वडा एमाले दुई वडा कांग्रेस र दुई माओवादी केन्द्रले जितेका थिए । 

तिलागुफा नगरपालिका 

तिलागुफा नगरपालिकामा  ०७४ को स्थानीय  तहको निर्वाचनमा माओवादी केन्द्रले जित हासिल गरेको थियो ।

मेयर पदमा नेकपा मोओवादी केन्द्रका रत्नबहादुर शाहीले १ हजार ८५१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकरप्रसाद उपाध्यायले १६४ मतको झिनो मतान्तरले पराजित भएका थिए । उपाध्यायले १ हजार ६८७ मत पाएका थिए ।

त्यस्तै, अर्का प्रतिस्पर्धी नेकपा एमालेका कलबहादुर शाहीले १ हजार ४८० मत पाएका थिए । 

त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकी दन्ता नेपालीले १ हजार ८४३ मत पाउँदा ५८३ मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी लक्ष्मी शाहीले पराजित भएकी थिइन्् । शाहीले १ हजार २६० मत पाएकी थिइन् । त्यसैगरी, अर्का प्रतिस्पर्धी नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का ऐनबहादुर शाहीले १ हजार २१६ मत ल्याएका थिए । 

यस नगरपालिकामा पनि ११ वटा वडा कार्यालयहरू रहेका छन् । जसमध्ये पाँच वडा माओवादी केन्द्र, एक कांग्रेस, एक एमाले र चार वडा नेमकिपाले जितेको थियो । 

रास्कोट नगरपालिका 

रास्कोट नगरपालिकाको मेयर पदमा पनि नेकपा माओवादी केन्द्रले नै चुनावी प्रतिस्पर्धामा बाजी मारेको थियो ।

माओवादी केन्द्रका काशी चन्द्र बरालले २ हजार ११५ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी दल नेकपा एमालेका उम्मेदार मणिराज बरालले १ हजार ८३० मत पाएका थिए । नेपाली कांग्रेसका दान बहादुर बमले १ हजार ४२७ मत ल्याएका थिए । 

रास्कोट नगरपालिकामा नेकपा माओवादी केन्द्रको अरू दलभन्दा तीन सय बढी मत रहेको थियो । 

रास्कोट नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी मिमसरा बमले २ हजार २३५ मत ल्याएकी थिइन् । उनका प्रतिस्पर्धी एमालेकी उमा शाहीले १ हजार ८६३ मत पाएकी थिइन् । 

कालीकोट जिल्लामा ६ वटा गाउँपालिका रहेका छन् । 

रास्कोट नगरपालिकाका ९ वटा वडामध्ये पाँच माओवादी केन्द्र र चार वडा एमालेले जितेको थियो । 

कालिका गाउँपालिका 

कालिका गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खडानन्द चौलागाईंले २ हजार २७४ मत पाएर विजयी भएका थिए ।

प्रतिस्पर्धी माओवादी केन्द्रका गोविन्द प्रसाद आचार्यले १ हजार ५०२ मत पाएका थिए भने नेपाली कांग्रेसका अभयराज शाहीले ४९६ मत पाएका थिए । 

गाउँपालिकाको उपाध्याक्षमा एमालेकै पम्पा कुमारी शाहीले १ हजार ९९० मत पाएर विजयी भएकी थिइन् । प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका दीपेन्द्र बहादुर शाहीले १ हजार ३०३ मत पाएका थिए । 

यस गाउँपालिकामा ८ वटा वडा कार्यालयहरू रहेका छन् । जसमध्ये नेकपा एमालेले ४ वडा जित्दा कांग्रेस र माओवादी केन्द्रले दुई दुई वडा कार्यालय जितेका थिए । 

नरहरिनाथ गाउँपालिका  

नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका धीरबहादुर बिष्टले २ हजार ४६० मत पाएका थिए । 

प्रतिस्पर्धी नेपाली कांग्रेसका मीनबहादुर बोगटीले २ हजार २२८ मत प्राप्त गर्दा झिनो मतान्तरले पराजित भए । त्यस्तै, माओवादी केन्द्रका अग्रबहादुर विष्टले पनि प्रतिस्पर्धात्मक २ हजार १३७ मत प्राप्त गरेका थिए । 

गाउँपालिकाको उपाध्यक्षको पदमा भने माओवादी केन्द्रकी मनाशोभा बुढाले २ हजार २४९ मत ल्याउँदै बाजी मारेकी थिइन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुनतिा कुमारी बुढाले २ हजार ६८ मत पाएकी थिइन् ।  त्यस्तै, अर्की प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुशीलादेवी शाहीले २ हजार ४३ मत पाएकी थिइन् । 

यस गाउँपालिकाका ९ वटा वडा कार्यालयहरूमध्ये चार एमाले तीन माओवादी र दुई कांग्रेसले जितेको थियो । 

पचालझरना गाउँपालिका

अघिल्लो चुनावमा पचालझरना गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका खङ्गराज सेजुवालले १ हजार ६२३ मत पाएका थिए । 

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भानुभक्त संज्यालले १ हजार २२४ मत पाएका थिए । नेकपा एमालेका चन्द्र बहादुर शाहीले १ हजार १०४ मत प्राप्त गरेका थिए । 

उपाध्यक्ष पदमा विजयी माओवादी केन्द्रकी तारा न्यौपानेले १ हजार ५६८ मत पाउँदा नेकपा एमालेकी दक्षिणा शाहीले १ हजार २४७ मत पाएकी थिइन् । भने अर्का प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुमित्रा कुमारी बमले १ हजार २०७ मत पाएकी थिइन्। 

पचालझरना गाउँपालिकाका ९ वटा वडा कार्यालयहरूमध्ये  ६ वटा माओवादी, दुई कांग्रेस र एक वडा एमालेले जितेको थियो । 

पलाता गाउँपालिका 

कालिकोट पलाता गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लक्ष्मण बहादुर बमले १ हजार ४२० मत प्राप्त गरेका थिए । भने उनका प्रतिस्पर्धी कांग्रेसका केशर सिंह बमले १ हजार १८३ मत पाएका थिए । त्यस्तै, अर्का प्रतिस्पर्धी नेकपा एमालेका धीर बहादुर बमले ७२४ मत पाएका थिए । 

उपाध्यक्षमा माओवादी केन्द्रकी दाना न्यौपानेले १ हजार ३०२ मत पाएकी थिइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुर्जकला रोकायाले १ हजार ६२ मत प्राप्त गरेकी थिइन् । 

त्यस्तै, नेकपा एमालेकी बविता संज्याल (उपाध्याय) ले ८६९ मत पाएकी थिइन् । ९ वटा वडाहरूमध्ये ६ वटा माओवादी र तीन कांग्रेसले जितेको थियो । 

महावै गाउँपालिका 

महावै गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नन्दबहादुर सिंहले १ हजार ३४५ ल्याउँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सर्प राज सिंहले १ हजार २७६ मत पाएर पराजित भएका थिए । 

यस गाउँपालिकामा करिब १०० बढिको मतान्तरले मात्रै कांग्रेसले जितेको थियो । त्यस्तै, अर्का प्रतिस्पर्धी नेकपा एमाललेकी दानकला सिंहले मात्र ३१ मत पाएकी थिइन् । 

उपाध्यक्षमा भने नेकपा एमालेका मनराज शाहीले १ हजार ३२२ मत पाएका थिए भने माओवादी केन्द्रकी पदमा शाहीले १ हजार १२३ मत पाएकी थिइन् । 

महावै गाउँपालिकामा ७ वटा वडा कार्यालयहरू रहेका छन्  । जसमध्ये माओवादी केन्द्रले दुई एमालले दुई कांग्रेसले एक, स्वतन्त्रले एक र नेमकिपाले एक वडामा जित हासिल गरेका थिए । 

सान्नी त्रिवेणी गाउँपालिका 

सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका डम्मर बहादुर शाहीले १ हजार ७३१ मत गर्दै जित हासिल गरेका थिए । 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरख बहादुर खत्रीले १ हजार २५५ मत पाएका थिए ।  अर्का प्रतिस्पर्धी नेकपा एमालेका नवराज देवकोटाले १ हजार १२३ मत पाएका थिए । 

उपाध्यक्षमा माओवादी केन्द्रकी होइजा कुमारी बुढाले १ हजार ५४९ मत पाएकी थिइन् भने नेकपा एमालेकी पार्वती सिंहले १ हजार ३५० मत पाएकी थिइन् । 

अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसकी १ हजार ३९ मत पाएकी थिइन् । 

सान्नी त्रिवेणी गाउँपालिकाका ९ वटा वडामध्ये माओवादी र कांग्रेसले तीन–तीन वडा, एमालेले दुई र राप्रपाले १ वडामा जित हासिल गरेको थियो । 

डोल्पा 
समाजवादीका दुई एमालेका एक अध्यक्ष निर्विरोध 

डोल्पाका आठ स्थानीय तहमध्ये दुई पालिका अध्यक्षमा समाजवादी र एक पालिका अध्यक्षमा एमालेका उम्मेदार निर्विरोध निर्वाचित भएका छन् । 

समाजवादीतर्फ काईके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना, छार्का ताङसोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै एमालेतर्फ से फोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा धावा सम्दुक निर्विरोध निर्वाचित भएका छन् । 

डोल्पाको स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा एमाले बलियो देखिएको थियो । जिल्लाका एमालेले ८ स्थानीय तहमध्ये चार गाउँपालिका प्रमुख र तीन उपप्रमुख पद जितेको थियो । 

त्यस्तै, जिल्लामा एमालेको मुख्य प्रतिस्पर्धी कांग्रेसले निकै कमजोर देखिएको थियो । कांग्रेसले कुनै पनि पालिकाको प्रमुख र उपप्रमुख पद जितेको थिएन । 

जिल्लाभर माओवादीले उम्मेदारी नै घोषणा गरेको थिएन । राप्रपाले दुई पालिका उपाध्यक्ष पदमा जित हात पारेको थियो । मालेले दुई पालिकाका प्रमुख जितेको थियो । 

त्यस्तै, स्वतन्त्रले दुई पालिका उपप्रमुख पद जितेको थियो । अहिले परिस्थिति बदलिएको छ ।  यसले गर्दा स्थानीय तहमा एमालेलाई आफ्नो विरासत जोगाउन मुस्किल पर्ने देखिन्छ । 

०७४ को निर्वाचनमा डोल्पाको स्थानीय चुनावको अवस्था यहाँ प्रस्तुत गरिएको छ । 

ठुलीभेरी नगरपालिका : मेयरमा एमाले, उपमेयरमा राप्रपा

ठुलीभेरी नगरपालिकाको मेयरमा एमाले र उपप्रमुखमा राप्रपाले जित हासिल गरेको थियो । 

मेयरमा एमालेका गणेश बहादुर शाहीले १४८३ पाएर विजयी हुँदा कांग्रेसका स्वर्ण कुमार बुढाले १३६२ र संघीय समाजवादी फोरमकी कमल कुमारी शाहीले ११ मत पाएकी थिइन् । 

उपमेयरमा राप्रपाका योगेन्द्र बहादुर शाहीले १ हजार ३२४ मत ल्याएर विजयी हुँदा मालेक लक्ष्मी चन्द्र कार्कीले १ हजार १८४ र ससफोका झानसिंह बुढाले ६९ मत पाएका थिए । 

ठुलीभेरी नगरपालिकाका कुल ११ वडामध्ये सात एमाले एक कांग्रेस एक राप्रपा, एक नेकपा माले एक स्वतन्त्रले विजेका थिए । 

त्रिपुरासुन्दरी नगरपालिका : एमालेको प्रतिस्पर्धी कांग्रेस 

त्रिपुरासुन्दरी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेले जित हात पारेको थियो । 

एमालेका ओम बहादुर बुढाले १ हजार ६०९ मत पाएर निर्वाचित हुँदा कांग्रेसका दिल बहादुर विष्टले १ हजार ५९१ र मालेकी रामकला विकले ८३७ मत पाएकी थिइन् । 

उपमेयरमा एमालेकी चन्द्र कुमारी बुढाले १ हजार ८४५ मत पाएर विजयी हुँदा कांग्रेसकी बुद्ध कुमारी शाहीले १ हजार ६४ र मालेकी काली चलाउनेले ९९५ मत पाएकी थिइन् । 

नगरपालिकाका जम्मा ११ वडामध्ये पाँच एमाले चार कांग्रेस र दुई मालेले जितेको थियो । 

काइके गाउँपालिका स् एमाले र राप्रपा बलियो 

जिल्लाको काइके गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा राप्रपाले जित हासिल गरेको थियो ।  एमालेका अंगद कुमार रानाले ९२० मत ल्याएर विजयी हुँदा कांग्रेसका हीराबहादुर रोकायाले ८० मत पाएका थिए । 

अध्यक्षका दाबेदार स्वतन्त्रका ज्ञानबहादुर घर्तीले केही पनि मत पाएनन् । 

उपाध्यक्षमा राप्रपाका कुञ्जाङ बुढाले ९१५ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी हिमाली रोकायाले ६३ मत पाएकी थिइन् ।  गाउँपालिकाका कुल ७ वडामध्ये पाँच एमाले र दुई राप्रपाले जितेको थियो । 

छार्का ताङसोङ गाउँपालिका : अध्यक्षमा स्वतन्त्र, उपाध्यक्षमा एमाले 
 

यस गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र र उपाध्यक्षमा एमालेले जितेको थियो ।  अध्यक्षमा स्वतन्त्रका सेनाङ गुरुङले ३०७ मत पाएर विजयी हुँदा एमालेका धोटा गुरुङले २८२ मत पाएका थिए । 

उपाध्यक्षमा एमालेका छिरिङ दोहिक गुरुङले ३५६ मत पाएर विजयी हुँदा स्वतन्त्रका सोनाम किम्जोम गुरुङले २०९ मत पाएका थिए । 

गाउँपालिकाका कुल ६ वटै वडामा एमालेले निर्विरोध जित हासिल गरेको थियो । 

डोल्पो बुद्ध गाउँपालिका : स्वतन्त्रको जित 

जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा स्वतन्त्रले जित हासिल गरेको थियो ।  स्वतन्त्रबाट तेम्बा गुरुङले ५५३ मत पाएर विजयी हुँदा एमालेका क्याल्जन गुरुङले ३११ मत पाएका थिए । 

उपाध्यक्षमा स्वतन्त्रबाट मल्ल टासी गुरुङ निर्विरोध विजयी भएका थिए ।  गाउँपालिकाका कुल ६ वडामध्ये स्वतन्त्रले एक र एमालेले पाँच वडामा निर्विरोध जित हासिल गरेको थियो । 

से–फोक्सुण्डो गाउँपालिका : एमाले र स्वतन्त्रको निर्विरोध

से–फोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा एमालेका टासी तुण्डुप गुरुङले निर्विरोध जित हासिल गरेका थिए ।  

उपाध्यक्षमा स्वतन्त्रका धावा सम्डुक गुरुङ निर्विरोध जितेका थिए ।  गाउँपालिकाका कुल ९ वडामध्ये आठ एमाले र एक नेकपा मालेले निर्विरोध जित हात पारेका थिए । 

जगदुल्ला गाउँपालिका : मालेको विजयी 

जगदुल्ला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा मालेले जित हासिल गरेको थियो । 

अध्यक्षमा मालेका नारा सिं रोकायाले ५५६ मत पाएर विजयी हुँदा एमालेका दलबहादुर महताराले ४३४ मत पाएका थिए । 

उपाध्यक्षमा मालेकै अमरिता बोहोराले ५२० मत पाएर विजयी हुँदा एमालेकी बुद्धिकला बोहोराले ४०३ मत पाइकी थिइन् । 

गाउँपालिकाका कुल ६ वडामध्ये तीन एमाले र तीन मालेले जितेको थियो । 

मुड्केचुला गाउँपालिका : अध्यक्षमा माले, उपाध्यक्षमा एमाले 

मुड्केचुला गाउँपालिकाको अध्यक्षमा माले र उपाध्यक्षमा एमालेले जितेको थियो ।  अध्यक्षमा नेकपा मालेका दत्त बहादुर शाहीले  ९३३ मत पाएर विजयी हुँदा एमालेका लंक बहादुर रोकायाले ९३१ र कांग्रेसका लिलाराज रोकायाले १६२ मत पाएका थिए । 

उपाध्यक्षमा एमालेकी सविता कुमारी रोकायाले ९५४ मत पाएर विजयी हुँदा मालेकी हिमाली घर्तीले ८३५ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ९ वडामध्ये पाँच माले र चार एमालेले जितेको थियो । जिल्लाभर १६ हजार ७०३ मतदाता रहेका छन् । 


रुकुमपश्चिम  
गठबन्धन टुट्यो 

माओवादीको लालकिल्लाका रूपमा परिचित कर्णाली प्रदेशको रुकुमपश्चिममा चुनावीको माहोल तात्दैछ ।  

स्थानीय निर्वाचन २०७४ को मत परिणामलाई हेर्दा रुकुमपश्चिम जिल्लाकै ६ वटा स्थानीय तहमा माओवादीले सफलता हात पारेको थियो । निर्वाचनमा दोस्रो हैसियतका रूपमा कांग्रेस र तेस्रो हैसियतमा एमाले थियो । 

विगतको चुनावमा माओवादीले रुकुममा माओवादीले एकलौटी जित हात पारेर ठूलै सफलता हात पारेको थियो । माओवादीले जिल्लामा एजेण्डा र प्रतिबद्धताअनुसार काम गरेको दाबी गर्दै आएको छ । 

रुकुमपश्चिममा पुनः एकलौटी जित हात पार्न चुनावी तयारीमा माओवादी देखिन्छ । बहालवाला अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) को क्षेत्र हो, रुकुम । 

यतिबेला, अर्थतन्त्रको विषयलाई लिएर शर्मा विवादमा तानिएका छन् । यस विवादले स्थानीय निर्वाचन पार्ने प्रभाव भने हेर्न बाँकी छ । शर्मा ऊर्जामन्त्री हुँदा राम्रो काम गरेको भन्दै निकै चर्चा थियो । 

विगतका चुनावहरूभन्दा अहिलेको अवस्था बदलिएको छ । यसपटकको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूबीच गठबन्धन गर्ने निर्णय भइसकेको छ । 

यसले रुकुमपश्चिममा एकलौटी जित हात पारेको माओवादीलाई यसले थप लाभ पुग्ने देखिन्छ । 

जिल्लाका ६ वटा स्थानीय तहका कुल ७३ वडामध्ये माओवादीले आठबिस नगरपालिकाका ११, चौरजहारी नगरपालिकाका १०, त्रिवेणी गाउँपालिकाका ८, बाँफिकोट गाउँपालिकाका १०, मुसिकोट नगरपालिकाका ९ र सानीभेरी गाउँपालिकाका १० वटा वडामा जित हात पारेको थियो । 

माओवादी पछि दोस्रो हैसियत बनाएको कांग्रेसले जिल्लाभरका स्थानीय तह गरी १३ वडाको वडाध्यक्ष पद जितेको थियो । भने तेस्रो हैसियतमा रहेको एमालेले दुई वडामा मात्रै जित हासिल गरेको थियो । 

दोस्रो र तेस्रो हैसियतमा रहेको कांग्रेस र माओवादीले कुनै पनि नगरपालिका र गाउँपालिकामा जित हासिल गर्न सकेनन् । 

०७४ को स्थानीय निर्वाचनको परिणामले जिल्लामा कुन दलको अवस्था कस्तो थियो भन्ने तथ्यांक यहाँ प्रस्तुत गरिएको छ । 

आठबिसकोट नगरपालिका 

विगत पाँच वर्षअघिको निर्वाचनमा आठबिसकोट नगरपालिकाको मेयर उपमेयर दुवै पदमा माओवादीले जित हासिल गरेको थियो । 

माओवादीका गोर्खबहादुर केसीले ५४८९ मत पाएर विजयी हुँदा कांग्रेसका धीरेन्द्र कुमार बटालाले ३५९६ र एमालेका हरिप्रसाद शर्माले २४५९ मत पाएका थिए । 

उपप्रमुखमा माओवादीकी गीता नेपालीले ५६१८ मत पाएर विजयी हुँदा कांग्रेसकी अनिता बुढाले ३१८७  र एमालेकी अमृता कुमारी शाह हमालले २७८६ मत पाएकी थिइन् । 

आठविसकोट नगरपालिकाका कुल १४ वडामध्ये एघार वडामा माओवादी दुई कांग्रेस र एक एमालेले जितेको थियो । यस नगरपालिकाको तेस्रो हैसियतमा एमाले रहेको छ । जिल्लामा गठबन्धन भएको खण्डमा माओवादीलाई थप फाइदा पुग्ने देखिन्छ । 
 

चौरजहारी नगरपालिका

जिल्लाको चौरजहारी नगरपालिकामा पनि माओवादीले नै एकलौटी जित हासिल गरेको थियो । 

मेयरमा माओवादीका विशाल शर्माले ५ पुनः  ४२० मत पाएर विजयी हुँदा कांग्रेसका बलबिर गोसाईले ३ पुनः  २०४ र एमालेका शेर बहादुर केसीले २२८२ मत पाएका थिए । 

उपमेयरमा माओवादीकी राधा रोकाले ५ पुनः  ३२५ मत पाएर विजयी हुँदा कांग्रेसकी मनिसा रोकायले ३ पुनः ०४८ र एमालेकी कल्याणी खड्काले २ पुनः  ४१३ मत  पाएकी थिइन् । 

चौरजहारी नगरपालिकाका कुल १४ वडामध्ये दश माओवादी तीन कांग्रेस र एक एमालेले जितेको थियो । यस नगरपालिकामा पनि एमाले तेस्रो हैसियतमै सीमित रह्यो । 

त्रिवेणी गाउँपालिका 

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा माओवादीका झक्कुप्रसाद घर्तीमगरले ३९५८ मत पाएर निर्वाचित हुँदा कांग्रेसका देव बहादुर वलीले २६६३ र एमालेका गणेशबहादुर खड्काले ६५२ मत पाएका थिए ।  

उपाध्यक्षमा माओवादीकी निर्मला बिष्ट खड्काले ३९८० मत पाएर निर्वाचित हुँदा कांग्रेसकी देवी पुनले २६५२ र एमालेकी कुवली वलीले ६७७ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल १० वडामध्ये आठ माओवादी र दई कांग्रेसले जितेको थियो । यस स्थानीय तहमा माओवादी र कांग्रेसभन्दा एमाले  निकै कमजोर देखिएको थियो । 

बाँफिकोट गाउँपालिका 

बाँफिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादीले जितेको थियो । 

अध्यक्षमा माओवादीका धर्म बहादुर केसीले ३ हजार ५६४ मत पाएर निर्वाचित हुँदा कांग्रेसका जनक कुमार वाँठा मगरले २ हजार ८१३ र एमालेका डम्बरबहादुर नाथले ११० मत पाएका थिए । 

उपाध्यक्षमा माओवादीकी मनकला पुन ३ हजार ५८९ मत पाएरु विजयी हुँदा एमालेकी ब्युँझना पुन देवकोटाले २ हजार १०२ र कांग्रेसकी हिरा केसीले ६६९ मत पाएकी थिइन् । 

गाउँपालिकाका १० वटै वडामा माओवादी एकलौटी जित हात पारेको थियो । 

मुसिकोट नगरपालिका 

रुकुमपश्चिम जिल्लाको मुसिकोट नगरपालिकाको मेयरमा माओवादीका देवीलाल गौतमले ४ हजार ३५० मत पाएर निर्वाचित हुँदा कांग्रेसका महेन्द्र केसीले ४ हजार १७४ र एमालेका विमल कुमार पुन मगरले २ हजार ३५८ मत पाएका थिए । 

उपमेयरमा माओवादीकी प्रेम कुमारी सुनार केसीले ४ हजार ४७९ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी बाल कुमारी गिरीले ४ हजार १५८ र एमालेकी केशरी गौतमले २ हजार १४७ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल १४ वडामध्ये नौ माओवादी र पाँच कांग्रेसले जितेको थियो । एमालेले एउटा वडा पनि जित्न सकेको थिएन । 

सानीभेरी गाउँपालिका 

सानीभेरी गाउँपालिकाको अध्यक्षमा माओवादीका नरबहादुर पुनले ४ हजार ६५० मत पाएर विजयी हुँदा कांग्रेसका गोरखप्रसाद चन्दले २ हजार ६१७ र एमालेका मनवीर घर्तीले ५५६ मत पाएका थिए । 

उपाध्यक्षमा माओवादीकै इन्दिरा ओलीले ४ हजार ६६१ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी पुष्पा ओलीले २ हजार ६०३ र एमालेकी लक्ष्मि पुनले ५९९ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ११ वडामध्ये दश माओवादीले र एक कांग्रेसले जितेको थियो । 


हुम्ला 
तीन दलीय गठबन्धन 

हुम्लामा सत्ता साझेदार दलले सातवटै पालिकामा बागी उम्मेदार अघि बढाएका छन् ।  

अदानचुली गाउँपालिका 

अदानचुली गाउँपालिकाको अध्यक्षमा एमालेका दल फडेराले १ हजार १८५ मत पाएर निर्वाचित हुँदा एमालेकै सौमती रावलले १२२१ मत पाएकी थिइन् । 

गाउँपालिकाका ६ वडामध्ये ४ वडामा एमाले र दुईमा माओवादीले जितेको थियो । 

खार्पुनाथ गाउँपालिका 

खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्ण बहादुर रावलले १ हजार ११० मत पाएर निर्वाचित हुँदा उपाध्यक्षमा कांग्रेसकै सिन्धु हमालले १०१८ मत पाएर निर्वाचित भएकी थिइन् । 

गाउँपालिकाका कुल पाँच वडामध्ये चार वडामा कांग्रेस र एक वडामा एमालेले जितेको थियो । 

चंखेली गाउँपालिका 

चंखेली गाउँपालिकाको अध्यक्षमा माओवादीका धनलाल चौलागाईले १ हजार २२४ मत पाएर निर्वाचित हुँदा उपाध्यक्षमा एमालेकी विमला कुमारी शाहीले १ हजार २३ मत पाएर निर्वाचित भएकी थिइन् । 

गाउँपालिकाका कुल गाउँपालिकाका कुल ६ वडामध्ये पाँच माओवादीले र एक कांग्रेसले जितेको थियो । 

ताँजाकोट गाउँपालिका

ताँजाकोट गाउँपालिकाको अध्यक्षमा माओवादीका बाग्दलले छत्यालले १३६९ मत पाएर निर्वाचित हुँदा उपाध्यक्षमा माओवादीकै मञ्जु बुढाले १ हजार २९१ मत पाएर निर्वाचित भएकी थिइन् । 

गाउँपालिकाका कुल पाँच वडामध्ये माओवादीले चार र एमालेले एक वडा जितेको थियो । 

नाम्खा गाउँपालिका   

नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादीका विष्णु बहादुर लामाले ८३३ मत पाएर निर्वाचित हुँदा उपाध्यक्षमा स्वतन्त्रबाट पेमा तामाङले ७०४ मत पाएर निर्वाचित भएका थिए । 

गाउँपालिकाका कुल ६ वडामध्ये एमाले र कांग्रेसले दुई दुई वडाध्यक्ष, स्वतन्त्रले एक, माओवादीले एक जितेका थिए । 

सर्केगाड गाउँपालिका   

सर्केगाड गाउँपालिकाको अध्यक्षमा माओवादीका कृष्ण रोकायाले १ हजार  ९२० मत पाएर निर्वाचित हुँदा उपाध्यक्षमा एमालेका जोशी धामीले १ हजार ८४५ मत पाएर निर्वाचित भएका थिए । 

गाउँपालिकाका कुल ८ वडामध्ये तीन माओवादी दुई एमाले दुई कांग्रेस र एक स्वतन्त्रले जितेको थियो । 

सिमकोट गाउँपालिका  

सिमकोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पदम बहादुर लामाले १३६५ मत पाएर निर्वाचित हुँदा उपाध्यक्षमा स्वतन्त्रबाट बली रावतले १३७५ मत पाएर निर्वाचित भएका थिए । 

गाउँपालिकाका कुल ८ वडामध्ये तीन माओवादी दुई स्वतन्त्र दुई कांगे्रेस र एक एमालेले जितेको थियो । 

मुगु 

मुगुमा पनि सत्ता साझेदारकै उम्मेदार अघि बढाइएको छ । 

खत्याड गाउँपालिका 

अध्यक्षमा एमालेका उब्जन बहादुर शाहीले २३०७ मत पाएर निर्वाचित हुँदा कांग्रेसका लोकेन्द्र बहादुर थापाले १ हजार  ९९९ र माओवादीका बिर्ख बहादुर थापाले २ हजार २८ मत पाएका थिए । 

उपाध्यक्षमा एमालेकी जयनन्दा कार्कीले २ हजार ३२२ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी सरिता रोकायाले २ हजार ३१५ र माओवादीकी जयकला शाहीले १ हजार  ९०१ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ११ वडामध्ये एमालेले चार कांग्रेसले तीन माओवादीले तीन र स्वतन्त्रले एक वडाध्यक्ष जितेको थियो । 

छायाँनाथ रारा नगरपालिका

स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा मुगुको छायाँ रारा नगरपालिकाको मेयरमा कांग्रेसका हरिजंग शाहीले  ३ हजार ५६० मत पाएर निर्वाचित हुँदा एमालेका जित बहादुर मल्लले ३ हजार ४४१ पाएका थिए । 

उपमेयरमा एमालेकी सुन्तला रोकायाले ३ हजार २३० मत पाएर निर्वाचित हुँदा माओवादीका सुर बहादुर बुढाले २ हजार  ९७३ मत पाएका थिए भने राप्रपाकी गौरिकला सावदले २०५ मत पाएकी थिइन् । 

नगरपालिकाका कुल १४ वडामध्ये कांग्रेसले ७ एमालेले ५ र माओवादीले २ वडाध्यक्ष जितेको थियो । 

मुगम कार्मारोंग गाउँपालिका 

मुगम कार्मारोंग गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छिरिङक्याप्ने लामाले ११७० मत पाएर विजयी हुँदा एमालेका सोनाम छिरिङ लामाले १ हजार २६ पाएका थिए । 

उपाध्यक्षमा एमालेकी छिरिङ तामाङले १ हजार ६१ मत पाएर विजयी हुँदा माओवादीकी युटोल तामाङले ९१५ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ९ वडामध्ये ५ कांग्रेस र चार एमालेले जितेको थियो । 

सोरु गाउँपालिका 

गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लोकबहादुर शाहीले १ हजार ८५४ मत पाएर विजयी हुँदा एमालेका धर्म बहादुर शाहीले १ हजार ८२१ र माओवादीका पुरन शाहीले १ हजार ३५४ मत पाएका थिए । 

उपाध्यक्षमा एमालेकी राज्यलक्ष्मी मल्लले १ हजार ८८५ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी रुपकर्णा शाहीले १ हजार ५४५ र माओवादीकी विष्णुदेवी देवकोटा जैसीले १ हजार ४७७ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ११ वडामध्ये ६ एमाले ३ कांग्रेस र २ माओवादीले जितेको थियो । 


जुम्ला 

जुम्लाका कुल आठ स्थानीय तहमध्ये चार पालिका अध्यक्ष र दुई उपाध्यक्ष पद कांग्रेसले जितेको थियो । त्यस्तै माओवादीले दुई पालिका अध्यक्ष र चार उपाध्यक्ष जित्दा एमालेले दुई पालिका अध्यक्ष र एक उपाध्यक्ष पद जितेको थियो । 

कनकासुन्दरी गाउँपालिका 

२०७४को स्थानीय निर्वाचनलाई फर्केर हेर्दा कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नरवीर रावतले २११३ मत पाएर विजयी हुँदा माओवादीका राजजंग हमालले १८०४ र एमालेका गोपाल रोकायाले १३५० मत पाएका थिए । 

उपाध्यक्षमा कांग्रेसकै उर्मिला खत्री भण्डारीले १९४१ विजयी हुँदा माओवादीकी मिमसरा राना रावतले १४३१ र एमालेकी सुशिला बडुवालले १४०७ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ८ वडामध्ये ५ मा कांग्रेस २ मा माओवादीले जितेको थियो भने १ वडामा उम्मेदारी नै परेको थिएन । 

गुठीचौर गाउँपालिका 

गुठीचौर गाउँपालिकाको अध्यक्षमा माओवादीका हरिबहादुर भण्डारीले १५९६ मत पाएर निर्वाचित हुँदा एमालेका क्षेत्र बहादुर भण्डारीले १४६७ र कांग्रेसका दानबहादुर बुढाले ६७९ मत पाएका थिए । 

उपाध्यक्षमा माओवादीकी जानदेवी ऐडलिे १ हजार ५८५ मत पाएर विजयी हुँदा एमालेकी धनरूपा बुढाले १ हजार ३६५ र कांग्रेसकी सुमन बुढा बस्नेतले ५३७ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ५ वडामध्ये ३ एमाले र २ माओवादीले जितेको थियो । 

चन्दननाथ नगरपालिका   

चन्दननाथ नगरपालिकाको मेयरमा कांग्रेसकी कान्तिका सेजुवालले २ हजार ८०६ मत पाएर विजयी हुँदा एमालेका शान्तिलाल महतले २ हजार ६६ र माओवादीका अशोक कुमार श्रेष्ठले २ हजार १५ मत पाएका थिए । 

उपमेयरमा माओवादीकी अप्सरादेवी न्यौपानेले २ हजार १८ मत पाएर विजयी हुँदा कांग्रेसका जगतबहादुर खत्रीले १ हजार ७७४ र एमालेकी मेनका रेग्मीले १ हजार ७१० मत पाएकी थिइन् । 

नगरपालिकाका कुल १० वडामध्ये ३ माओवादी ३ एमाले ३ कांग्रेस र १ स्वतन्त्रले जितेको थियो । 

तातोपानी गाउँपालिका 

तातोपानी गाउँपालिकाको अध्यक्षमा माओवादीका नवराज न्यौपानेले २ हजार ३९१ मत पाएर विजयी हुँदा एमालेका सुरत बहादुर शाहीले २ हजार ७० मत पाएका थिए । 

उपाध्यक्षमा माओवादीकी गंगादेवी उपाध्यायले १ हजार ९६४ मत पाएर निर्वाचित हुँदा एमालेकी नारायणी चौलागाईले १ हजार ९०६ र कांग्रेसका कर्णबहादुर कठायतले ८८१ पाएका थिए । 

गाउँपालिकाका कुल ८ वडामध्ये ६ माओवादी र २ एमालेले जितेको थियो । 

तिला गाउँपालिका 

तिला गाउँपालिकाको अध्यक्षमा एमालेका रनत राज योगीले १७६८ मत पाएर विजयी हुँदा माओवादीका जंग बहादुर बस्नेतले १ हजार ७४४ र कांग्रेसका कल्से रावतले १ हजार ५६६ मत पाएका थिए । 

उपाध्यक्षमा माओवादीकै विष्णमाया बुढाले १ हजार ७७४ मत पाएर विजयी हुँदा एमालेकी विष्णुकली रावतले १६१३ र कांग्रेसकी डिल्लीकुमारी हमालले १ हजार ६०३ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ९ वडामध्ये ४ माओवादी ३ एमाले र २ कांग्रेसले जितेको थियो । 

पातारासी गाउँपालिका

अध्यक्षमा कांग्रेसका लक्षीमान बोहोराले २ हजार ३११ मत पाएर निर्वाचित हुँदा माओवादीका गौरी बुढाले १ हजार  ९२२ र एमालेका हंश बहादुर रोकायाले ५७० मत पाएका थिए । 

उपाध्यक्षमा कांग्रेसकी पुन्नकली महताराले २ हजार ७ मत पाएर निर्वाचित हुँदा माओवादीकी जनमाया रोकायाले १ हजार ८५५ र रम्बा भण्डारीले ८६७ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ७ वडामध्ये ४ माओवादी २ कांग्रेस र १ एमालेले जितेको थियो । 

सिंजा गाउँपालिका

सिंजा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवल सिंह रावलले १ हजार ४३० मत पाएर विजयी हुँदा नेमकिपाका पूर्णप्रसाद धितालले १ हजार २०३ मत पाएका थिए । भने माओवादीका हिक्मत खत्रीले १ हजार १६३ र एमालेका नन्दराम रोकायाले १ हजार १४० मत पाएका थिए । 

उपाध्यक्षमा एमालेकी जन्मकन्या खत्रीले १ हजार ५०९ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी रजकन्या शाहीले १ हजार १६५ र माओवादीकी सितली रोकायाले १ हजार द१४५ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ६ वडामध्ये नेमकिपाले २ एमालेले २ कांग्रेसले १ र माओवादीले १ वडाध्यक्ष जितेको थियो । 

हिमा गाउँपालिका 

हिमा गाउँपालिकाको अध्यक्षमा माओवादीका रजबहादुर शाहीले १ हजार ३१७ मत पाएर निर्वाचित हुँदा एमालेका भई बहादुर रोकायाले १ हजार ३१४ र कांग्रेसका लक्ष्मण बहादुर शाहीले १२२२ मत पाएका थिए । 

उपाध्यक्षमा माओवादीकै हिमाली रोकायाले १३२७ मत पाएर निर्वाचित हुँदा एमालेकी चुक्की शाहीले ११८५ र कांग्रेसकी सुर्पना शाहीले ११२५ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ७ पालिकामध्ये ४ माओवादी २ एमाले र १ कांग्रेसले जितेको थियो । 

 

सल्यान  
समाजवादी र माओवादीबीच तालमेल 

स्थानीय तहमा एक्लाएक्लै चुनाव लडेको खण्डमा कस्तो परिणाम आउला भन्नेबारे २ हजार ७४ को स्थानीय निर्वाचनको परिणाम यहाँ प्रस्तुत गरिएको छ । 

बितेको निर्वाचनलाई फर्केर हेर्दा जिल्लामा माओवादी र कांग्रेसभन्दा एमाले बलियो देखिएको थियो । 

एमालेले चार पालिका प्रमुख र तीन उपप्रमुख पद जितेको थियो ।  कांग्रेसले दुई पालिका प्रमुख र तीन उपप्रमुख पद र माओवादीले दुई पालिका प्रमुख र तीन उपप्रमुख पद जितेको थियो । 

त्यस्तै, जिल्लाको त्रिवेणी गाउँपालिकामा स्वतन्त्रले जितेको थियो । जिल्लामा अरू दलभन्दा बलियो देखिएको एमाले अहिले विभाजित भएर दुई टुक्रा भएको छ । 

जिल्लाका स्थानीय तहमा स्वच्छ प्रतिस्पर्धा नभए पनि एमालेलाई पाटी विभाजनले मत काटिने देखिन्छ ।  यसअघिको सम्पन्न भएको निर्वाचनमा कुन दलको अवस्था कस्तो भन्नेबारे यहाँ प्रस्तुत गरिएको छ । 

शारदा नगरपालिका

०७४ को निर्वाचनमा शारदा नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसले जित हासिल गरेको थियो । 

कांग्रेसका सुरेश अधिकारीले ४ हजार २१४ मत पाएर विजयी हुँदा एमालेका राम कुमार खड्गीले ३ हजार ३४४ माओवादीका प्रमोद कुमार श्रेष्ठले २५७० र राप्रपाले मनोज कुमार प्रधानले २ हजार ४०० मत पाएका थिए । 

उपमेयरमा कांग्रेसकी सवित्रा बस्नेत घर्तीले ४ हजार १८० मत पाएर विजयी हुँदा एमालेकी सरिता हमाल मल्लले ४ हजार ३७ र माओवादीकी झरना बुढाथोकीले २ हजार ५०५ मत पाएकी थिइन् । 

बागचौर नगरपालिका : माओवादीको जित

बागचौर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा माओवादीले जितेको थियो । 

प्रमुखमा माओवादीका लोकमान बुढाले ५ हजार १२१ मत पाएर विजयी हुँदा एमालेका लोक बहादुर डाँगीले ३ हजार ६८० र कांग्रेसका गोरख बहादुर खत्रीले ३ हजार ५६५ मत पाएका थिए । 

उपप्रमुखमा माओवादीकी कल्पना पुनले ५ हजार २१५ मत पाएर विजयी हुँदा एमालेकी ओकादेवी खत्रीले ३ हजार ५९० र कांग्रेसकी मेनका चन्दले ३ हजार ४९६ मत पाएकी थिइन् । 

नगरपालिकाका कुल १२ वडामध्ये आठ माओवादी दुई कांग्रेस दुई एमालेले जितेको थियो । 

ढोरचौर गाउँपालिका : एमालेको प्रतिस्पर्धी माओवादी

यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले सफलता हासिल गरेको थियो । 

अध्यक्षमा एमालेका चित्रबहादुर चलाउनेले १ हजार ९२५ मत पाएर निर्वाचित हुँदा माओवादीका नरविर चलाउनेले १ हजार ५३८ र कांग्रेसका नरविर चलाउनेले १ हजार ३१३ मत पाएका थिए । 

उपाध्यक्षमा एमालेकी पुष्पा कुमारी बोहराले १ हजार ९४६ मत पाएर निर्वाचित हुँदा माओवादीकी भूमि बुढाथोकीले १ हजार ५९९ र कांग्रेसकी विमला रेउलेले १ हजार २७८ मत पाएकी थिइन् । 

गाउँपालिकाका पाँच वडामध्ये दुई माओवादी दुई एमाले  एक कांग्रेसले जितेको थियो । 

त्रिवेणी गाउँपालिका : अध्यक्षमा स्वतन्त्र, उपाध्यक्षमा कांग्रेस 

यस गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रले जित हात पारेको थियो । 

अध्यक्षमा स्वतन्त्रका भुव बहादुर भण्डारीले २७६५ मत पाएर निर्वाचित हुँदा एमालेका लोकेन्द्र सिंह खड्काले २३१७ मालेकी उषा वली ६७८ र कांग्रेसका मानबहादुर डाँगीले २०१ मत पाएका थिए ।  

उपाध्यक्षमा कांग्रेसकै करुणा खड्काले २६४५ मत पाएर निर्वाचित हुँदा एमालेकी पवित्रा केसीले २३७७ र माओवादीकी लिलावती बुढाले ७६० मत पाएकी थिइन् । 

त्रिवेणी गाउँपालिकाका कुल ६ वडामध्ये चार कांग्रेस र दुई एमालेले जितेको थियो । 

कुमाख गाउँपालिका  ः माओवादीको जित, एमाले प्रतिस्पर्धी 

जिल्लाको कुमाख गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादीले जित हासिल गरेको थियो । 

अध्यक्षमा माओवादीका दिलमाया बुढा मगरले ३ हजार ६७३ मत पाएर विजयी हुँदा एमालेका भैरव बहादुर शाहले २ हजार १२८ र कांग्रेसका विवेक सिंह राठौरले १ हजार ९३९ मत पाएका थिए । 

उपाध्यक्षमा माओवादीका डिल्लीराज जैशीले ३ हजार ८१८ मत पाएर निर्वाचित हुँदा एमालेकी शान्ति चन्दले २ हजार ७५ र कांग्रेसकी उर्मिला रानाले १ हजार ८७३ मत पाएकी थिइन् । 

कुमाख गाउँपालिकाका ७ वडामध्ये कांग्रेसले पाँच एमालेले एक र कांग्रेसले एक वडा जितेको थियो । 

कपुरकोट गाउँपालिका : पार्टी विभाजनले एमाले जोखिममा  

सल्यान जिल्लाको कपुरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जितेको थियो । 

अध्यक्षमा एमालेका भीमबहादुर सेनले ३ हजार १५२ मत पाएर निर्वाचित हुँदा माओवादीका प्रकाश भरारीले २ हजार १३५ र कांग्रेसका दुर्गा बहादुर गिरीले १ हजार ४६७ मत पाएका थिए । 

उपाध्यक्षमा एमालेकी तिला बुढा मगरले ३ हजार १७९ मत पाएर विजयी हुँदा माओवादीकी एलिना रानाले १ हजार ८६८ कांग्रेसकी ओकी महताराले १ हजार ६७४ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ६ वडामध्ये तीन एमाले दुई माओवादी र एक कांग्रेसले जितेको थियो । 

कालिमाटी गाउँपालिका : एमालेको जित  

कालिमाटी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जितेको थियो । 

एमालेका दानबहादुर खत्री केसीले २ हजार  ९१२ मत पाएर निर्वाचित हुँदा माओवादीका पुरुषोत्तम भट्टराईले २ हजार ३६३ र कांग्रेसका भरत पुनले १ हजार  ९२९ मत पाएका थिए । 

उपाध्यक्षमा एमालेकी सनसिल्ता वली डिसीले  २ हजार  ९४४ मत पाएर निर्वाचित हुँदा माओवादीकी प्रिति बिसीले २ हजार ३६६ र कांग्रेसकी कमला अधिकारीले १ हजार ९१७ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ७ वडामध्ये ५ एमाले १ माओवादी र १ कांग्रेसले जितेको थियो । 

दार्मा गाउँपालिका : कांग्रेस तेस्रो हैसियतमा 

दार्मा गाउँपालिकाको अध्यक्षमा माओवादीका निमबहादुर केसीले ३ हजार ६९४ मत पाएर निर्वाचित हुँदा कांग्रेसका रामचन्द्र केसीले २७७१ र एमालेका टोपबहादुर रोकाले ४० मत पाएका थिए । 

उपाध्यक्षमा माओवादीकै टीका शर्मा वलीले ३६९५ मत पाएर निर्वाचित हुँदा एमालेका दल बहादुर केसीले २ हजार ६१९ मत पाएका थिए । 

गाउँपालिकाका कुल ६ वडामध्ये ५ माओवादी र एक एमालेले जितेको थियो । 

छत्रेश्वरी गाउँपालिका : कांग्रेससँग एमालेको प्रतिस्पर्धा 

छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तोष केसीले २ हजार  ९२२ मत पाएर विजयी हुँदा एमालेका ओज बहादुर बुढाथोकी २ हजार ७०२ र माओवादीका चित्रबहादुर केसीले २ हजार १७२ मत पाएका थिए । 

उपाध्यक्षमा कांग्रेसकी सीता केसीले २ हजार ८१४ मत पाएर निर्वाचित हुँदा एमालेकी बद्धु कुमारी खत्रीले २ हजार ६६९ र माओवादीकी राधा कुमारी घर्ती शर्माले २ हजार १०७ मत पाएकी थिइन् । 

गाउँपालिकाका कुल ७ वडामध्ये ३ एमाले ३ कांग्रेस र १ माओवादीले जितेको थियो । 

वनगाड कुपिण्डे नगरपालिका : एमालेलाई पार्टी विभाजनको झट्का

वनगाड कुपिण्डे नगरपालिकाको अध्यक्षमा एमालेका गोविन्द कुमार पुनले ५ हजार ७७ मत पाएर निर्वाचित हुँदा माओवादीका कर्ण बहादुर बुढाथोकीले ४ हजार  ९९४ र राप्रपाका राम कुमार माझीले ५८ मत पाएका थिए । 

उपमेयरमा माओवादीकी मञ्जु यरीले ४ हजार ८६२ मत पाएर निर्वाचित हुँदा कांग्रेसका दीपेन्द्र विष्टले ४ हजार ४५५ र राप्रपाकी प्रभा योगीले ४६ मत पाएका थिए । 

नगपालिकाका कुल १२ वडामध्ये माओवादीले ७ एमालेले ४ र कांग्रेसले १ वडा जितेको थियो । 

वनगाड कुपिण्डे नगरपालिका प्रकाश ज्वालाको हो । एमाले पार्टी विभाजन हुँदा ज्वालासहितका नेता कार्यकर्ताहरू समाजवादीतर्फ बाँडिएका छन् । यस नगरपालिकामा बितेको निर्वाचनमा एमालेले जितेपनि यसपटक पाटी विभाजनकै झट्का एमालेलाई लाग्ने देखिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement