काठमाडौं । दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ललितपुर र काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–५ घर भई ललितपुर ठेचो बस्दै आएका ३३ वर्षीय विकास तामाङ र ६० वर्षीय हरि बहादुर तामाङ छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचजनालाई ठगेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले काठमाडौं बस्दै आएका विक्रम मिश्रसहित पाँच जनालाई भिषामा दुबई पठाइदिने भन्दै प्रतिव्यक्ति एक लाख ९० हजार रुपैयाँका दरले ठगी गरेको खुलेको छ ।
दुबईमा प्रतिष्ठित कम्पनीमा काम लगाइदिने, आकर्षक तलब हुने प्रलोभन उनीहरुले देखाएका थिए । विकास तामाङ चुच्चेपाटीबाट र हरिबहादुर तामाङ ललितपुर जावलाखेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।