site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौं महानगरको रस्साकस्सी, कसले मार्ला बाजी ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब १५ दिनमात्रै बाँकी छ । निर्वाचन आयोगले मनोनयन दर्ता प्रक्रिया सकाएर उमेदवारी फिर्ता लिने समय दिएको छ । त्यो पनि आजै सकिँदैछ ।

विभिन्न दलका उमेदवारहरु यसपालिको चुनावमा सफलता हासिल गर्न अन्तिम संघर्षमा छन् । स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका भन्दा विषेश चर्चा महानगरका उमेदवारहरुको छ ।

संघीय राजधानी तथा देशको ठुलो महानगर काठमाडौंको मेयरमा कसले बाजी मार्ला भन्ने विशेष चर्चा चलिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मेयर पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले टिकट पाएका छन् । त्यस्तै एमालेबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल प्रतिष्पर्धामा उत्रिएका छन् ।

राप्रपाबाट मेयरमा मदनदास श्रेष्ठ र उपमेयरमा विनिता मगैया, विवेकशील साझा पार्टीबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति (कंसाकार) तुलाधरको उमेदवारी परेको छ ।

Global Ime bank

स्वतन्त्रबाट महानगरको मेयरमा सुमन सायमी, बालेन शाहसहित ३५ जनाकोे उमेदवारी परेको छ । यीमध्ये सत्ता साझेदार दल अन्तर्गतको कांग्रेस र एमालेबीच यतिबेला रस्साकस्सी चलिरहेको छ । 

महानगरका ३२ वडामा वडासदस्यदेखि मेयरसम्म १६२ पद रहेका छन् । जसका लागि ८५९ जनाको उमेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । 

अहिलेसम्म प्रमुख पार्टीका उमेदवारहरुमध्यै सबैजसोले काठमाडौंको मेयरमा आफैंले बाजी मार्ने दाबी गरिरहेका छन् । तर कांग्रेस, एमाले र बालेन शाह मुख्य प्रतिष्पर्धामा आउने धेरैको आकलन छ । विवेकशील साझा पार्टीले पनि यसपल्ट आफ्ना उमेदवार सुझबुझपूर्ण रहेकाले आफूहरुले नै मेयरमा बाजी मार्ने दाबी गरेको छ ।

गठबन्धनकी उमेदार सिंहले आफ्ना सात संकल्प सार्वजनिक गर्दै फुटपाथ विस्तारदेखि भान्साबाटै कम फोहोर निकाल्ने र सहजै फोहोर व्यवस्थापन गर्नेसम्मका सात खम्बे संकल्प सार्वजनिक गरेकी छन् ।    

कांग्रेस नेताहरुले स्थापितलाई आफ्नै बाम नेताहरुलाई भ्रष्टाचारी भन्दै खुलामञ्चमा भाषण गरेको आरोप समेत लगाएका छन् । 

२०५४ मा स्थापित मेयर बनेका थिए । एमालेले ०५४ र ७४ गरी दुईपटक महानगरको मेयरमा सफलता हात पारिसकेको छ । 

०७४ को स्थानीय निर्वाचनलाई फर्केर हेर्दा एमालेका विद्यासुन्दर शाक्यले ६४९१३ मत पाएर निर्वाचित हुँदा कांग्रेसका राजुराज जोशीले ४५२६९ र माओवादीका सर्वाेत्तम दास डंगोलले ७९०६ मत पाएका थिए । 

स्थापितले आफू लोकप्रिय नहुँदै  ०५४ सालमा ८४ हजार भोट ल्याएको भन्दै सत्ता गठबन्धनको आफूसँग प्रतिस्पर्धा नै नहुने दाबी गर्दै आएका छन् । 

स्थापितले कांग्रेसको पञ्चायतकालदेखि स्थायी भोट ४५ हजार ६ सय रहेको बताउँदै अरु बाँकी दलको दश हजार गरी ५५ हजार जति मत पाए पनि त्यसको दुई गुणा बढी मत ल्याउने बताउने गरेका छन् । 

स्थापितलाई लागेको मीटूको आरोप समेत यतिबेला चर्चामा छ । सोही कारणले स्थापित विवादित बनिरहेका छन् । उक्त आरोपबारे स्थापितले आरोप नलागे के को स्थापित भन्दै जवाफ फर्काउने गरेका छन् । तर उनी बिहीबार भएको एक कार्यक्रममा त्यही विषयलाई लिएर जंगिएपछि थप असर परेको देखिएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement