बुटवल । पाल्पाका एकजनाले अस्पतालबाट हाम फालेर आत्महत्या गरेका छन् । रामपुर नगरपालिका–७ कठानका ४२ वर्षीय गंगाबहादुर सोमैले लुम्बिनी मेडिकल कलेजको पाँचौँ तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।
वैशाख ९ गते उनी घर नजिकैको सडकको नालीमा लडेको अवस्थामा फेला परेका थिए । लडेर घाइते भएका सोमैलाई उपचारका लागि रामपुर अस्पताल पुर्याइएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई लुम्बिनी मेडिकल कलेजमा रिफर गरिएको थियो ।
उपचारका क्रममा रहेका सोमैले अस्पतालको पाँचौँ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उनको शव पोस्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ । प्रहरीकाअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।