site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
सिंगारपुरमा लागुऔषध हिरोइनसहित पक्राउ परेका युवकलाई मृत्युदण्ड
SkywellSkywell

सिंगापुर सिटी । सिंगारपुरस्थित एक अदालतले एक मलेसियाली लागुऔषध तस्करलाई मृत्युदण्ड दिएको छ । करिब तीन चम्चा बराबरको परिमाणमा सिंगापुरमा हिरोइन ल्याएका नागाएन्थ्रान धर्मलिंगम एक दशक भन्दा लामो समयदेखि मृत्युदण्डको प्रतीक्षमा थिए । 

एकजना चिकित्सकले उनको बौद्धिक क्षमताको स्तर ६९ मात्र भएको जनाएकाले उनको मुद्दा निकै विवादास्पद रहँदै आएको थियो । बौद्धिकस्तरले उनी बौद्धिक रूपमा अशक्त रहेको संकेत गर्छ । 

Dabur Nepal
NIC Asia

तर, सरकारले भने उनले आफ्नो कार्यको प्रकृतिबारे स्पष्ट बुझेको बताएको छ । 

मंगलबार उनकी आमाले उनलाई मृत्युदण्ड नदिन भनी गरेको अन्तिम अपिल पनि अदालतले अस्वीकार गरेको थियो । अदालतले ११ वर्षभित्र सम्बन्धित कुनै पनि कानुनअनुसार उनले अपिल गर्ने अधिकारसमेत गुमाइसकेको जनाएको छ । अन्तिम निर्णयपछि नागाएन्थ्रानले 'मा' भन्दै रोएको आवाज अदालत कक्षमा गुन्जिएको थियो । 

सन् २००९ मा मलेसियाबाट सिंगापुर आएका उनलाई बाँया तिघ्रामा ४३ ग्राम हिरोइन बेरेर ल्याएको अवस्थामा गिरफ्तार गरिएको थियो । सिंगापुरको प्रचलित कानुनअनुसार १५ ग्राम भन्दा बढी हिरोइनको साथमा पक्राउ पर्नेलाई मृत्युदण्ड दिइने प्रावधान छ ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro