राजनीति
काठमाडौं । नेपाली कांग्रेसले पोखरा महानगरपालिका उपप्रमुखमा कोपिला रानाभाटलाई टिकट दिने निर्णय गरेको छ ।
पार्टीको बालुवाटरमा बसेको नेताहरुको बैठकले उनलाई टिकट दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उनी नेपाली कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री हुन् । उनी केन्द्रमा रामचन्द्र पौडेल निकट हुन् ।
यसअघि महानगरमा सुरेन्द्र बिजुक्छेलाई उपमेयर दिने बालुवाटर स्रोतले बाह्रखरीलाई जानकारी दिएको थियो । तर, पौडेलको जोडबल पछि रानाभाटले टिकट पाएको दाबी स्रोतको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ १४:३७
प्रतिक्रिया दिनुहोस्