site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षाको बजेट २० प्रतिशत पुर्‍याउन मन्त्री पौडेलको आग्रह
SkywellSkywell

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएअनुसार शिक्षामा बजेट बढाउन अर्थ मन्त्रालयसँग आग्रह गरेका छन् ।

आइतबार आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन अर्थमन्त्री जनार्दन शर्मासँग आग्रह गरेका हुन् । उनले यस पटक अर्थमन्त्रालयले मन फुकाएर संविधानमा उल्लेख भएअनुसार २० प्रतिशत बजेट शिक्षामा हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्न आग्रह गरे । उनले भने, “नेपालमै डाक्टर पढ्ने वातावरण सृजना गर्न सात प्रदेशमा मेडिकल कलेज र प्रतिष्ठान सञ्चालन गर्ने तयारी छ । त्यसका लागि बजेट चाहिन्छ ।”

Dabur Nepal
NIC Asia

यस्तै, मन्त्री पौडेलले पाँच हजार विद्यालयको भौतिक पूर्वाधार विकास, सूचना प्रविधि र विज्ञान प्रयोगशालाको स्थापना, सबै प्रदेशमा आवासीय विद्यालय स्थापना र सञ्चालन, शिक्षक तालिम र विद्यार्थी सिकाइ सहजीकरण, अंग्रेजी गणित र विज्ञान विषयका शिक्षक दरबन्दी थप, कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम विस्तार, पूर्वप्राथमिक कक्षा र आधाभूत तहका लागि छुट्टै भौतिक संरचना विकास र सञ्चालन लगायत नयाँ कार्यक्रम प्रस्ताव गरेका थिए ।

उनले बुहविधागत विज्ञान अनुसन्धान केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन, युनेस्को ग्राम विकास, चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति लगायत शीर्षकमा थप बजेट मागेका छन् ।

चिकित्सा शिक्षा पढ्ने विद्यार्थीले लाखौं लगानी गरेर बाहिर पढ्न जाने र फेरि नेपालमा आएर परीक्षा दिएर डाक्टर हुने परिस्थिति रहेकाले मुलुकबाहिर जाने पैसालाई स्वेदशमै प्रयोग गर्न आवश्यक कानुन संशोधन गर्नुपर्नेमा उनले जोड दिए । 

छलफलमा अर्थमन्त्री शर्माले शिक्षा क्षेत्रमा यस वर्ष बजेट थप गर्न सकिने आश्वासन दिए । उनले तत्काल गर्न सकिने र दीर्घकालीन रूपमा गर्न सकिने योजनाहरू बनाउन सुझाव दिएका छन् ।

पाठ्यपुस्तक नभई डिजिटल पुस्तक, आइटी कलेज, वैज्ञानिक योजना, विद्यालयको नक्साङ्कन, मेडिकल विश्वविद्यालय, आइटी विश्वविद्यालय लगायत विषयमा नयाँ योजना बनाउन मन्त्री शर्माले सुझाव दिएका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  २१:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu