site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेश : मेयर बन्न कांग्रेस सांसद कुशवाहाले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशका थप एक सांसदले राजीनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहाले राजीनामा दिएका हुन् ।

सांसद कुशवाहा सर्लाहीको निर्वाचन क्षेत्र ४ (ख)बाट निर्वाचित भएका हुन् । उनले गोडैता नगरपालिकाको प्रमुखमा लड्न राजीनामा दिएका हुन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा २२८ मत अन्तरले मेयरमा पराजित भएका थिए ।

आफूलाई जनताले मेयरको रूपमा हेर्न चाहेकाले सांसदबाट राजीनामा दिएर उमेदवारी दिएको उनले बताए । 

यसअघि रौतहटका प्रदेशसभा सदस्य शेष अबुल कलाम आजाद(फुलबाबु) ले राजीनामा दिएर गढीमाई नगरपालिकाको मेयरमा उमेदवारी दिएका छन् ।

नेकपा (माओवादी केन्द्र)का सांसद दिलीप साहले पनि राजीनामा दिने तयारी गरेका छन् । उनी पार्टीबाट टिकटको पर्खाइमा छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro