राजनीति

विराटनगर । प्रदेश नम्बर–१ का नेकपा (एमाले)का सांसद गोपालचन्द्र बुढाथोकी र काजिमान कागतेले पदबाट राजीनामा दिएका छन् । उनीहरूले आज प्रदेशसभा सचिवालयमा राजीनामापत्र बुझाएका हुन् ।
बुढाथोकी झापाको मेचीनगर नगरपालिका र कागते इलामको सूर्योदय नगरपालिको मेयर पदमा प्रतिस्पर्धा गर्दै छन् । संसद सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले दुवै सांसदको राजीनामा स्वीकृत भएको बताए ।
बुढाथोकी झापा क्षेत्र नम्बर–१ ‘ख’ र कागते इलाम क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९ १४:३४
प्रतिक्रिया दिनुहोस्