देश
काठमाडौं । सिरहामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१३, फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको कुटपिटबाट भएको हो ।
कुटपिटमा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने ४१ वर्षीय लक्ष्मी महरा र उनकै भाइ ३२ वर्षीय ब्रहमदेव महरालाई प्रहरीले पक्राउ गरेको छ ।
धनेश्वरले पर्खाल लगाएको विषयलाई लिएर उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका धनेश्वरको उपचारका लागि प्रादेशिक अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न दुवैजनालाई नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९ १२:२०
प्रतिक्रिया दिनुहोस्