काठमाडौं । मैनादेवी फाउन्डेसनले आयोजना गरेको एकदिने फोहोर टिप्ने दौड प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार बिहान काठमाडौंको हात्तीसारमा भएको प्रतियोगितामा ठूलो संख्यामा युवायुवती सहभागी भए । सरसफाइसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको दौडमा युवाको उत्साहपूर्ण सहभागिता थियोे ।
प्रतियोगितामा सहभागीले ६ किलोमिटर दौडँदै निर्धारित नियममा रहेर फोहोर टिपेका थिए । दौड हात्तीसार चोकबाट सुरु भएर सिटी सेन्टर, रातोपुल, सेतोपुल, पुतलीसडक हुँदै पुनः हात्तीसार पुगेर समापन भएको थियोे ।
सबैभन्दा धेरै फोहोर संकलन गर्ने पाँच टिमलाई नगद १० हजार रुपैयाँसहित मेडल प्रदान गरियो । प्रतियोगितामा टिम कफीका रामचन्द्र कुमाल र विवेक पोखरेल पहिलो, टिम इम्पेरियल ब्वाइजका लक्ष्मण गिरी र विश्वमित्र थारु दोस्रो, टिम खवटका प्रेमप्रकाश खड्का र जश्विन भाट तेस्रो भए । यस्तै, टिम पिसफुल डाभका सबिन राई र निमा रुम्बा चौथो र टिम द रेभ्युलुसनका विनोद जेठारा र शंकर रोकाय पाँचौँ भए ।
सरसफाइ अभियानलाई साथ दिँदै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, र्यापर बालेन साह, काटुन क्रुजका सरोज अधिकारी, गायिका रेखा जोशीलगायत उपस्थिति थिए ।
थप तस्बिर हेर्नोस्-