प्रविधि
काठमाडौं । ‘आईएमई पे क्यान इन्फोटेक–२०२२ इन एसोसियसन विथ एससीटी स्मार्ट क्यूआर’को दोस्रो दिन सूचना तथा सञ्चार प्रविधिसम्बन्धी प्रडक्ट लञ्चिङ र तथा इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।
सूचना तथा सञ्चार प्रविधिसम्बन्धी देशभित्र र बाहिरका व्यवसायी र सम्बन्धित पक्षलाई सहयोग पुग्ने उद्देश्यसहित बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको क्यान इन्फोटेकमा कम्पनीका सफ्टवेयर तथा कम्प्युटरसम्बन्धी उपकरणमा अवलोकनकर्ताको आकर्षण देखिएको हो ।
यस्तै, अवलोकनकर्तालाई लक्षित गरी छुट र अफरको घोषणा गरेका कम्पनीहरूको स्टलमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९ १०:३४
प्रतिक्रिया दिनुहोस्