site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महालक्ष्मी लाइफले मर्जरबाट ५ अर्ब पुँजी पुर्‍याउने, २५ गते विशेष साधारणसभा
SkywellSkywell

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी मर्जरबाट पूरा गर्ने भएको छ । बिमा समितिले गत चैतमा बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी वृद्धि गरेर जीवन बिमाको २ अर्ब बाट ५ अर्ब निर्जिवन बिमा कम्पनीको १ अर्बबाट साढे २ अर्ब पुर्याउँदै सबै कम्पनीलाई पुँजी वृद्धि योजना १ महिजाभित्र पेश गर्न निर्देशन दिएको थियो । जस अनुसार कम्पनीले मर्जरबाट नै पुँजी वृद्धि गर्ने योजना बिमा समितिमा पेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए ।

“महालक्ष्मी लाईफ ईन्स्योरेन्सको पुँजी योजना वैशाख ८ गते बीमा समितिमा पेश भएको छ । १३० करोड जनसंख्या भएको भारतमा २४ वटा जीवन र २३ वटा निर्जिवन बिमा कम्पनी रहेका छन् । तीन करोड जनसंख्या रहेको नेपालमा १९ वटा जीवन र २० वटा निर्जिवन बिमा  कम्पनि धेरै नै हो,” भट्टराईले भने, “बिमा कम्पनीहरूलाई जोखिमको आधारमा पुँजीगत रुपमा बलियो बनाउन, संचालन खर्च कम गरी प्रतिफलमुखी बनाउन, स्वस्थ प्रतिस्पर्धा गराउन र दक्ष जनशक्तिमार्फत गुरस्तरीय सेवा प्रदान गर्न तथा गराउन जीवन  र निर्जिवन दुबैलाई १०/१० वटाको संख्या भित्र ल्याउन जरुरी छ । यसका लागि मर्जर नै उत्तम विकल्प हो । फोर्स मर्जरको लागि र नयाँ कम्पनीको लाइसेन्स रोक्न पुँजी वृद्धि नै प्रभावकारी टुल्स हो ।” 

Dabur Nepal
NIC Asia

उनले पुँजी वृद्धि योजना समितिमा पेश गरेसँगै कार्य योजनामा समितिमा बिस्तृत छलफलपछि छिटो कार्यान्वयनको लागि ८ गते साझा संचालक समितिको बैठकले विशेष साधारणसभा गर्ने निर्णय गर्दै वैशाख २५ गतेका लागि विशेष साधाराणसभा बोलाएको बताए । विशेष साधारणसभा कम्पनीको पुँजी वृद्धि गरी अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी ३ अर्ब पुर्याउने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।

यस्तै, कान्छो जीवन बिमा कम्पनीको रूपमा रहेको महालक्ष्मी लाइफले सार्वजनिक निस्कासन (आईपीओ)  निषकासन गर्न बाँकी रहेकोले याे प्रस्ताव पनि विशेष साधारणसभामा लैजने भएको छ । यस्तै मर्जरको लागि छलफल चलिरहेकोले उपयुक्त पार्टनरसँग मर्जरको लागि सहमति गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समितिमा पेश गरेको छ ।

आजको आवस्यक्ता र बिमा समितिको चाहना बुझेर महालक्ष्मी लाइफ ईन्स्योरेन्सले  मर्जर सँगै स्पष्ट कार्य योजनासहितको पुँजी वृद्धि  योजना वैशाख ८ गते बीमा समितिमा बुझाएको उनले बताए ।

कम्पनीको ३/४ वटा जीवन बीमा कम्पनीहरूसँग मर्जरका लागि अनौपचारिक छलफल पछि मर्जरको सम्भावनालाई लिएर पुँजी वृद्धि योजनाको रोडम्याप अनुसार सूचना प्रकाशित गरिएको उनले बताए ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro