काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरू सञ्चालनमा ल्याएको छ ।
योजना वैशाख ५ बाट सञ्चालनमा आएको छ । यो योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित रु २५ मा बिहान ५ बजे देखि साँझ ५ बजे सम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजे देखि भोलिपल्ट बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
डे कम्बो प्याकअन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम (अन्यकुनै पनि सेवाप्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन् ।
बेलुकाको समयमाभ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याकमात्र रु २५ मा सुचारु गर्न सक्छन् ।
सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवाप्रदान गर्ने आफ्नो प्रतिवद्धताअनुरूप एनसेलले यी आकर्षक कम्बो प्याकहरू ल्याएको जनाएको छ ।