site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
श्रीलंकामा प्रदर्शनकारीमाथि गोली प्रहार, कम्तीमा एकजनाको मृत्यु
SkywellSkywell

कोलम्बो । श्रीलंकामा प्रहरीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको छ । गोली लागेर एकजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

इन्धन र अत्यावश्यक खाद्यान्नको मूल्यवृद्धिको विरोधमा मंगलबार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । मध्य श्रीलंकाली सहर रामबुक्कानामा प्रहरीले गोली चलाएको फुटेज सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भएको छ ।

Dabur Nepal
NIC Asia

प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न ‘न्यूनतम बल’ प्रयोग गरेको जनाएको छ । तर, धेरैले किन ‘लाइभ बुलेट’ प्रयोग गरियो भनेर सोधेका छन् । श्रीलंकाका लागि संयुक्त राष्ट्रसंघको प्रतिनिधिसँगसँगै अमेरिका र ईयूका दूतहरूले पनि यस घटनाको निन्दा गरेका छन् ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएयता सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । हालैका हप्ताहरूमा इन्धन, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको चरम मूल्यवृद्धिको विरोधमा दशौँ हजार प्रदर्शनकारीहरू राष्ट्रपतिको राजीनामा माग गर्दै सडकमा उत्रिएका छन् । बीबीसीअलजजिराबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro