विराटनगर । नेपाली कांग्रेसबाट मोरङको सुनवर्षी नगरपालिकाको मेयरमा २६ वर्षीय एक युवाको नाम सिफारिस भएको छ ।
स्थानीय तहबाट अरू आकांक्षीसहित वीरेन्द्रकुमार साहको नाम मेयरमा सिफारिस भएको थियो । पार्टीको क्षेत्रीय समितिले पनि उनको नाम सदर गरेर जिल्लामा पठाएको थियो । अहिले उनको नाम प्रदेश समितिमा पुगेको छ ।
सुनवर्षीमा नेपाली कांग्रेसबाट धेरै आकांक्षा देखाए पनि आफ्नो नाम पनि सिफारिस हुँदा युवालाई पार्टीले स्थान दिएको भन्ने लागेको साहले बताए ।
“पार्टीले अवसर दिने हो भने निर्वाचित भई जनसेवाको काममा सक्रिय हुन सक्छु भन्ने आत्म विश्वास छ,” उनले भने ।
यसअघि साह नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित बनेका थिए ।
जिल्लाको दक्षिण पूर्वी भागमा अवस्थित सुनवर्षी नगरपालिका मधेसी तथा आदिवासी बाहुल्य क्षेत्र हो ।