अर्थ व्यवसाय
काठमाडौं । नयाँ वर्ष २०७९ सुरू भएदेखि कारोबार भएका दिन निरन्तर सेयर बजारमा गिरावट आएको छ । सोमबार पनि सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आयो ।
आज नेप्से ४१.७७ अंकले झरेर २३४३.८७ विन्दुमा आइपुग्यो । यसदिन नेप्से १.८५ प्रतिशतले झरेको हो ।
कारोबार भएका सबै उपसमूहमा गिरावट आएको छ । निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च ३४२ अंकको गिरावट आयो । यस्तै जीवन बिमा समूहमा पनि २६३ अंकको गिरावट आएको छ ।
२२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता सेयर १ अर्ब ५३ करोड रूपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यसदिन १८२ कम्पनीका सेयरधनीले गुमाउँदा ११ कम्पनीको सेयर मूल्य बढ्यो भने २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९ १६:४२
प्रतिक्रिया दिनुहोस्