site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीले हरहालतमा चुनाव जित्नुपर्ने बाध्यता छ : प्रचण्ड
फाइल तस्बिर ।
SkywellSkywell

कावासोती । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानविरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताएका छन् ।

शनिबार नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन संघको निर्वाचनसम्म कायम रहने बताए ।

Dabur Nepal
NIC Asia

“गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा होइन, सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर, स्थानीय तहदेखि संघको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ,” अध्यक्ष प्रचण्डले भने ।

आउने चुनाव माओवादीका लागि चुनाव मात्रै नभएर ‘ब्याटल’ (लडाइँ) भएको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले भने, “आउने चुनाव हाम्रा लागि चुनाव हैन, ब्याटल हो, लडाइँ हो ।”

आउने चुनाव माओवादीले हरहालतमा जित्नुपर्ने बाध्यता भएको समेत उनले बताए  । “आउने चुनाव माओवादीले हरहालतमा जित्नुपर्ने बाध्यता छ । अहिले माओवादीले हार्‍यो भने संविधान, गणतन्त्रले हार्छ, महिला, दलित, जनजाति, थारू, आदिवासी, मधेसी सबैको प्रतिनिधित्व भएको छ, यसले हार्छ । सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ, त्यो अधिकारले हार्छ,” अध्यक्ष प्रचण्डले भने । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  २१:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro