देश
काठमाडौं । डाक्टर प्रिती भुषालसहितको टोली सगरमाथा आरोहणका लागि प्रस्थान गरेको छ । कोभिड—१९ महामारीविरुद्ध अग्रपङ्क्तिमा रहेका चिकित्सक, फर्मासिस्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायत योगदानको उच्च सम्मान गर्न सगरमाथा आरोहण गर्न लागेको डाक्टर भुषालले बताइन् ।
'हिमालय क्षेत्रमा बढ्दो प्रदूषण रोकौँ' भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा आफू सगरमाथा आरोहण गर्ने अभियानमा जुटेको उनको भनाइ छ ।
भुषालले यसअघि ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे शिखर आरोहण गरेकी थिएन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९ १७:५४
प्रतिक्रिया दिनुहोस्