site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
सात प्रदेश र ७७ जिल्लामा प्रतिनिधि खटाउने तयारीमा कांग्रेस, निर्वाचन परिचालन बैठकमा छलफल हुने
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ । यस्तै सात प्रदेशमा सातजना सहमहामन्त्रीलाई परिचालन गर्ने पनि पार्टीले तयारी गरेको छ ।

स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ । निर्वाचनका लागि पार्टीले सातै प्रदेशका ७७ जिल्लामा पाँच दलीय सत्ता गठबन्धनको मर्म अनुसार चुनावी गठबन्धन गरेर निर्वाचन लड्ने बताइसकेको छ ।
 
केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार पार्टीले स्थानीय तह निर्वाचनमा गठबन्धन र उमेदवारको टुंगो लगाउन जिल्ला र प्रदेशमा प्रतिनिधि खटाउने तयारी गरेको हो । अहिले केहीबेरमा बस्ने केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकबाट प्रतिनिधिहरूको नाम अघि बढाइने उनले जानकारी दिए ।
 
“केन्द्रीय प्रतिनिधिहरू ७७ जिल्लामा खटाउने र सात प्रदेशमा सात सहमहामन्त्रीलाई खटाउने भन्ने विषय आज मुख्य छलफल हुनेछ,” उनले भने, “बाँकी निर्वाचन सम्बन्धी बनेका विभिन्न ड्राफ्टमाथि छलफल हुनेछ ।”

निर्वाचन परिचालन समिति सदस्यसमेत रहेका केन्द्रीय सदस्य महरका अनुसार आजको बैठकले विभिन्न उपसमितिहरु पनि बनाउने सम्भावना छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro