site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसी युद्धपोत क्षतिग्रस्त, चालक दल भाग्न सफल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मस्को । रुसको राष्ट्रिय ध्वजावाहक ब्ल्याक सी क्षेप्यास्त्र क्रुजर गम्भीर रूपमा क्षतिग्रस्त भएको र त्यसका चालक दल क्रुजर छाड्न बाध्य भएको रुसी सञ्चार माध्यमले बिहीबार जनाएको छ ।

'मोस्कभा' नामक युद्धपोतमा रहेको बारुद बिस्फोट भएपछि आगलागी भएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । यसमा क्षति पुग्नुको खास कारण थाहा हुन सकेको छैन । तर, युक्रेनी फौजले भने यस युद्धपोतमा आफूहरूले दुईवटा नेप्च्युन क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । पाँच सय १० जना चालकदलकको सदस्य सवार सो युद्धपोतले युक्रेनका महत्वपूर्ण र सैनिक लक्षमा आक्रमणको नेतृत्व गर्दै आएको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघि मोस्कभाले स्नेक आइलन्ड र ब्ल्याक सिको रक्षा गरिरहेको युक्रेनी फौजलाई आत्मसमर्पण गर्न आह्वान गरेको थियो । युक्रेनी फौज सो प्रस्ताव अस्वीकार गरेको थियो । 

युक्रेनी क्षेत्रीय गभर्नर ओडेसा माक्सिम माचेन्कोले भनेका छन्, “अन्तत ६१० फुट लामो क्रुजर मोस्क्भालाई हाम्रो स्नेक आइलन्डका सिमा रक्षकहरुले क्षेप्यास्त्र प्रहार गरी पुर्‍याइनुपर्ने स्थानमा पुर्‍याइदिएको छ । 

Royal Enfield Island Ad

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेस्की एसेस्तोभिचले युट्युब ब्रोडकास्टमार्फत भनेका छन्, “मोस्कभा युद्धपोतमाथि आश्चर्यजनक घटना भयो । अहिले यो दनदन्ती बलिरहेको छ । उनीहरूले मद्दत पनि पाउन सक्छन् कि सक्दैनन् भन्न सकिन्न ।"

यसैगरी रुसी जलीय अध्यन प्रतिष्ठानका माइकल पिटर्सनले यो ब्ल्याक सीमा रुसी जलिय शक्तिको प्रतीकको रूपमा रहेको बीबीसीलाई बताएका छन् ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro