site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिनल्यान्ड र स्विडेन नेटोमा गए आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मस्को । स्विडेन र फिनल्यान्ड नेटोमा सहभागी भए रुसले बाल्टिक समुद्री क्षेत्रमा परमाणु हमला गर्ने चेतावनी दिएको छ । बाल्टिक समुद्रलाई डेनमार्क, एस्टोनिया, फिनल्यान्ड, जर्मनी, लटिभा, लिथुआनिया, रुस, स्विडेन र उत्तर र केन्द्रीय युरोपियन प्लेनले घेरेका छन् । 

रुसको सुरक्षा परिषद्का प्रमुख डिमिट्रि मेडभेडेभले भने, “यदि त्यसो भएमा बाल्टिक परमाणुमुक्त स्थितिमा रहन सक्दैन । त्यहाँ सन्तुलन पुनःस्थापना गर्नैपर्ने हुन्छ । यस भन्दा अगाडिसम्म रुसले त्यस्तो तरिका अपनाएको थिएन र यस्तो सोच पनि राखेको थिएन ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

स्विडेन र फिनल्यान्डले नेटोको सदस्यता लिने तयारी गरेपछि रुस झस्किएको छ । युक्रेनमा रुसको हमलापछि अधिकतम स्केन्डेभियन राष्ट्रहरूमा नेटोको सदस्यता पाउनेसम्बन्धी जनधारणा ठुलो रूपमा बदलिएको छ । 

यस्तोमा फिनल्यान्डले अब केही हप्तामै यससम्बन्धी प्रक्रिया थाल्नसक्ने प्रधानमन्त्री सना मरिनले बताएकी छन् ।

Royal Enfield Island Ad

रुसको चेतावनीपछि लिथुआनियाका रक्षामन्त्रीले बाल्टिक क्षेत्रमा रुससँग पहिले नै आणविक हतियार भएको र उनीहरूले केबल सार्वजनिक रूपमा स्वीकार मात्र नगरेको आरोप लगाएका छन् । बाल्टिक समुद्र नजिक नेटोका दुई सदस्य पोल्यान्ड र लिथुआनिया पनि पर्दछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro