site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाले युक्रेनलाई ७५ करोड डलर बराबरको हतियार दिँदै
SkywellSkywell

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनेको प्रशासनले बुधबार युक्रेनलाई रुसविरुद्ध लड्न करिब ७५ करोड डलर बराबरको सैन्य हतियार सहयोग गर्ने भएको छ ।

 ती उपकरणहरूलाई (प्रेसिडेन्सियल ड्रनडाउन अथोरिटी) पीडीए कोषमार्फत आर्थिक भर्पाइ गरिने छ । जसमा राष्ट्रपतिले अमेरिकासँग स्टकमा भएका हतियार र सेवाहरू आपतकालीन अवस्थामा संसद्को स्वीकृतिविना नै प्रदान गर्न सक्छन् । 

Dabur Nepal
NIC Asia

यसमा कुन कुन हतियार मिसाउने भन्नेबारे अन्तिम चरणको निर्णय भएको एक वरिष्ठ अधिकारीहरूले जानकारी दिएका छन् ।

यसमा सम्भावित ‘हेभी ग्राउन्ड आर्टिलरी’ हुने बताइएको छ जसमा ‘होविट्जर’ पनि रहेको छ । होविट्जर एउटा लामो रेन्जको सानो र द्रुत गतिमा काम गर्ने हतियार हो, जसले सजिलै टार्गेटलाई ध्वस्त पारिदिन सक्छ । 

तत्काल ह्वाइटहाउसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । तर, गत हप्ता यसले युक्रेनलाई सुरक्षा सहायता अनुरूप १.७ अर्ब डलर प्रदान गरिसकेको जानकारी दिएको थियो । 

युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले अमेरिका र युरोपेली नेताहरूलाई धेरै भन्दा धेरै हतियार सहयोग गर्न बारम्बार दबाब दिइरहेका छन् । 

रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  २०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu