site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुर्खेत– कांग्रेसको ‘पकड क्षेत्र’ : एमालेको कडा टक्कर !
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय तहको चुनावका लागि अब करिव एक महिनामात्रै बाँकी छ । राजनीतिक दलहरु एक्लै चुनावमा जाने कि गठबन्धनमा भन्ने बहसमै केन्द्रित छन् । यद्यपी गठबन्धनको विकल्प नभएको भन्दै तीव्र तयारीमा पनि छन् ।

सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार यसअघि जितेका स्थानीय तह सोही पार्टीले लिने एमालेले जितेको पालिकामा मतको आधारमा उमेदवार चयन गर्ने तयारी छ ।

बाह्रखरीले अघिल्लो चुनावका बेला कुन दल कहाँ कस्तो अवस्था थिए भन्ने विषयमा समीक्षा गर्दै आइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुर्खेतको विगतको चुनाव अवस्था यस्तो छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा यस्तो थियो दलहरुको अवस्था ? 

Global Ime bank

सुर्खेतका अधिकांश नगरपालिका र गाउँपालिकामा प्रतिस्पर्धी दलहरु भन्दा बढी मत ल्याएर कांग्रेसले सफलता प्राप्त गरेको थियो । जिल्लाका ४ नगरपालिकासहित २ गाउँपालिकाको प्रमुख  जितेको थियो भने ३ नगरमा उपप्रमुख र २ गाउँपालिका उपाध्यक्ष जितेर पाँच उपप्रमुख पद जितेको थियो ।    

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेकबेसी नगरपालिका र सिम्ता नगरपालिकासहित चौकुने गाउँपालिकाको प्रमुख पद जितेर तीन पालिकाको नेतृत्व पाएको थियो । 

गएको स्थानीय निर्वाचनमा माओवादी केन्द्र भने सुर्खेतमा निकै कमजोर देखिएको थियो । कुनै पनि गाउँपालिका र नगरपालिकामा प्रमुख उपप्रमुख दुबै पदमा जित्न सकेको थिएन ।  विगत यस्तो अवस्था रहेको सुर्खेतमा बलियो अवस्थामा रहेको कांग्रेसले नै गठबन्धनमा सहमत भए विपक्षीको अवस्था कस्तो होला भन्न जिज्ञासा छ । तर विपक्षीले भने पहिलेभन्दा सुधार भएको, अर्को पार्टीका कार्यकर्ता अहिले नेकपा एमालेमा प्रवेश गरेको दाबी गरिरहेको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको देश दौडाहा दिएको सन्देश पनि एमालेमा नेताभन्दा अन्य पार्टीका कार्यकर्ता बढी प्रवेश गरेको रहेको एमालेका एक नेता बताउँछन् । 

देशभरबाट पहिलो दल बनेको एमाले २०७४ सालमा सुर्खेतमा दोस्रो थियो । 

गुर्माकोट नगरपालिका : तीन हजार मतान्तरले कांग्रेस अघि 

०७४ सालको चुनावमा सुर्खेत गुर्माकोट नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेपाली कांग्रेसले जित हात पारेको थियो ।  नेपाली कांग्रेसका हस्त पुनले १० हजार ६३ मत ल्याएर जित्दा नेकपा एमालेका देवबहादुर खत्रीले ७१२३ र माओवादी केन्द्रका हिराबहादुर थापाले १५९१ मत पाएका थिए । 

त्यस्तै उपमेयर पदमा कांग्रेसकी मैना विकले ९९७४ मत पाएर विजयी हुँदा एमालेकी सुशीलाकुमारी विश्वकर्माले ७२६६ र माओवादी केन्द्रकी नन्दकली कामीले १ हजार ६०० मत पाएकी थिइन् । 

गुर्माकोट नगरपालिकाका १४ वडामध्ये ११ वडा कांग्रेस र तीन वटामा एमालेले जितेका थिए । यस नगरपालिकामा एमालेभन्दा तीन हजारको मतान्तरले कांग्रेस अघि देखिएको थियो । बलियो कांग्रेसले नै केन्द्रको तयारीअनुसार गठबन्धन गरे एमालेलाई प्रतिष्पर्धा चुनौतीपूर्ण हुने देखिएको छ । 

चिङ्गाड गाउँपालिका : कांग्रेसको निकट भएर पराजित भएको एमाले 

चिङ्गाड गाउँपालिकामा यसअघि सम्पन्न भएको स्थानीय निर्वाचनलाई फर्केर हेर्दा कांग्रेसको केही पछि एमाले देखिएको छ । कांग्रेसका देवबहादुर चन्दले २९४९ मत ल्याएर अध्यक्ष विजयी हुँदा एमालेका बखतबहादुर खत्री २३८५ र माओवादीका बोध विक्रम जिसीले १७२१ मत पाएका थिए । 

गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी मनमाया आचार्य २९१७ मत पाएर विजयी हुँदा एमालेकी दिपाकुमारी रानाले २४१४ र माओवादीकी तेजकुमारी रानाले १७१९ मत ल्याएका थिए । 

यस गाउँपालिकाका ६ वडामध्ये तीन कांग्रेसले जितेका थियो भने दुई वडा माओवादी र एउटा एमालेले जितेको थियो ।

चौकुने गाउँपालिका : एमाले बलियो, गठबन्धनको चुनौती 

०७४ मा सम्पन्न निर्वाचनमा यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेले सफलता प्राप्त गरेको थियो । एमालेका धिरबहादुर शाहीले ३२४२ मत पाएर विजयी हुँदा प्रतिद्वन्द्वी माओवादीका खड्क विकले २६३३ र कांग्रेसका गजराज जोशीले २२५० मत पाएका थिए । 

उपाध्यक्षमा पनि एमालेकै निर्मला मगरले ३३५७ मत पाएर निर्वाचित हुँदा माओवादीकी बिमला जिसीले २३१२ र कांग्रेसकी रेनु रानाले २१९४ मत पाएका थिए । 

गाउँपालिकाका १० वडामध्ये एमालेले छ, कांग्रेसले दुई र माओवादीले दुई वडामा जितेका थिए । 

पञ्चपुरी नगरपालिका : आफैँ बलियो कांग्रेसले गठबन्धन गर्दा के हुन्छ ? 

अघिल्लो स्थानीय निर्वाचनमा पञ्चपुरी गाउँपालिकाको मेयर र उपमेयर दुबै पद कांग्रेसले जितेको थियो । 

कांग्रेसका उपेन्द्रबहादुर थापाले ५१३४ मत पाएर निर्वाचित हुँदा एमालेका मनबहादुर कामीले ४७३२ मत र माओवादीका धनबहादुर विकले १३५८ मत पाएका थिए । 

उपमेयरमा पनि कांग्रेसकै मुक्तिदेवी रेग्मी ५२०४ मत ल्याएर विजयी हुँदा एमालेकी राजकुमारी तिवारीले ४८२४ र माओवादीकी सिता पाण्डेले १४४७ मत पाएका थिए ।

नगरपालिकाका ११ वडाहरुमध्ये छ वडामा कांग्रेस, पाँच वडामा एमालेका उमेदवारले अध्यक्ष जितेका थिए भने माओवादी निल भएको थियो । 

बराहताल गाउँपालिका : कांग्रेस बलियो, एमाले नजिकै 

अघिल्लो स्थानीय तहको चुनावमा बराहताल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुबै पद कांग्रेसले जितेको थियो । कांग्रेसका तेजबहादुर बस्नेत ३२२१ मत ल्याएर निर्वाचित हुँदा एमालेका ताराकेशर गौतमले २९१४ मत र माओवादीका बलबहादुर कठायतले १९८४ मत पाएका थिए । 

उपाध्यक्षमा कांग्रेसकी शोभाकुमारी शर्माले ३३१२ मत पाएर विजयी हुँदा एमालेकी आशा थापा कार्कीले ३१९० मत र माओवादीकी गोमा गुरुङले १९४४ मत पाएका थिए । 

गाउँपालिकाका १० वडामध्ये कांग्रेसले चार एमालेले तीन माओवादीले दुई वडा जितेका थिए भने एक वडामा स्वतन्त्र उमेदवार विजयी भएका थिए । 

वीरेन्द्रनगर नगरपालिका : एमाले र कांग्रेसबीच कडा टक्कर 

सुर्खेत जिल्लाको सदरमुकाम मात्र नभएर कर्णाली प्रदेशकै राजधानी वीरेन्द्रनगर नगरपालिकामा भने मिश्रित परिणाम आएको थियो । नगरपालिकामा कांग्रेसले मेयर र एमालेले उपमेयर पद जितेको थियो । कांग्रेसका देवकुमार सुवेदीले १४ हजार ४०५ मत ल्याएर विजयी हुँदा एमालेका बालाराम शर्माले १३ हजार ८९९ मत र माओवादीका रत्नबहादुर गाहा मगरले ५२३७ मत पाएका थिए । 

उपप्रमुखमा एमालेकी मोहन माया भण्डारीले १६६८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसकी जानकी सिंहले १४२६ र माओवादीकी हरिमाया शर्मा गौतमले ४६८९ मत पाएका थिए । 

१६ वडा रहेको नगरपालिकामा एमालेले नौ वडा जितेका थियो भने ६ वडा कांग्रेस र एउटा वडामा माओवादी केन्द्रले जितेको थियो । 

भेरीगंगा नगरपालिका : कांग्रेसलाई एमाले विभाजनको लाभ 

०७४ सालको निर्वाचनमा भेरिगंगा नगरपालिकामा नेपाली कांग्रेसले नै जितेको थियो । नगरप्रमुख पदमा कांग्रेस भुपेन्द्रबहादुर चन्द ७५४३ मत पाएर निर्वाचित हुँदा एमालेका यज्ञप्रसाद ढकालले ७३८४  र माओवादी केन्द्रका कृष्णप्रसाद गिरीले १६३७ मत पाएका थिए ।  

नगरपालिकाको उप्रमुखमा कांग्रेसकै रेणु आचार्य ७५७४ मत पाएर निर्वाचित हुँदा एमालेकी चन्द्रा आचार्यले ७२९७ र माओवादीकी डिलसरा थापा क्षेत्रीले १६५८ मत पाएका थिए । 

भेरीगंगा नगरपालिकाका १३ वडामध्ये कांग्रेसले ८ एमालेले ४ र माओवादीले एक वडामा जित हासिल गरेका थिए । 

लेकबेसी नगरपालिका : एमालेलाई विरासत जोगाउने चिन्ता 

गएको निर्वाचनमा सुर्खेतको लेकबेसीमा नगरप्रमुख र उपप्रमुख दुबै पद एमालेले जितेको थियो । एमालेका गगनसिंह सुनारले ५७५३ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उमेशकुमार पौडेलले ४३९९ मत र माओवादी केन्द्रका खड्गबहादुर घर्तीले २१५८ मत पाएका थिए । 

नगरपालिकाको उपप्रमुखमा एमालेकै शान्तिकुमारी छन्तेनले ५७४० मत पाएर निर्वाचित हुँदा कांग्रेसकी लिलामती विकले ४४३८ मत र माओवादीकी आरती विकले १९५७ मत पाएका थिए । 

नगरपालिकाका १० वडामध्ये एमालेले छ, कांग्रेसले तीन र माओवादीले एक वडा जितेका थिए । प्रमुख उपप्रमुखसहित बहुमत वडा जितेको एमालेलाई आफ्नो पार्टीको फूट र सत्तापक्षीय गठबन्धनले विरासत जोगाउने चु्नौती खडा गरेको छ । 

सिम्ता नगरपालिका : बलियो एमाले, गठबन्धनसँग टक्कर 

अघिल्लो स्थानीय निर्वाचनमा सिम्ता नगरपालिकामा एमाले जै बलियो सावित भएको थियो । नगरप्रमुख र उपप्रमुख दुबै पद जितेको एमालेबाट कविन्द्रकुमार केसीले प्रमुख जितेका थिए । केसीले ५३५५ मत पाएर विजयी हुँदा कांग्रेसका खड्गबहादुर पोखरेलले ४६०४  र माओवादीका झुपबहादुर बुढा मगरले ६६४ मत पाएका थिए । 

उपप्रमुखमा पनि एमालकै चन्द्रकला शाहीले ५३४६ मत ल्याएर विजयी हुँदा कांग्रेसकी भिमा मल्लले ४५७८ र माओवादीकी चन्द्रकला खत्रीले ७२५ मत पाएका थिए । 

नगरपालिकाका ९ वडामध्ये एमाले ६ र  कांग्रेसले तीन वडा जितेका थिए । माओवादीले भने त्यहाँ जित हासिल गर्न सकेको थिएन ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement