site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देश श्रीलंकाजस्ताे हुन्छ भन्नेहरू राष्ट्रघाती हुन्, अर्थतन्त्रमा समस्या छैन : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्मा सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा समसामयिक विषयमा सञ्चारकर्मीलाई जानकारी दिँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अर्थमन्त्री जनादर्न शर्माले अर्थतन्त्रमा समस्या नै नरहेकाे दाबी गरेको छ । अनावश्यक प्रचारबाजी भएकाे तर अर्थतन्त्रमा समस्या नरहेको उनको भनाइ छ ।

उनले समष्टिगत आर्थिक अवस्था सामान्य रहे पनि बाह्य क्षेत्रमम केही दबाब भने रहेको बताए । त्यसका लागि पनि समाधानका कदम चालिएकाे उनले बताए ।

अर्थमन्त्री शर्माले पर्यटन क्षेत्रमा देखिएको सुधार, फागुनमा रेमिट्यान्समा देखिएको सुधार र आयात नियन्त्रणका लागि चालिएका कदमले अर्थतन्त्रमा सुधार हुने दाबी गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, मुद्रा स्फीति नियन्त्रण गर्न भने चुनाैती रहेकाे उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दाे पेट्राेलियम पदार्थकमे मूल्यले व्यापार घाटा पनि बढ्दै गएकाे अवस्था छ ।

उनले फागुनसम्म गत वर्षसम्म तुलनामा रेमिट्यान्स ४.९ प्रतिशत संकुचन आएर ६३१ अर्ब १९ कराेड आएको बताए । फागुनमा मात्रै ९१ अर्ब रेमिट्यान्स आएकाे उनले बताए ।

Royal Enfield Island Ad

चालु आवमा मात्रै २ लाख २६ हजार ७०० नयाँ र १ लाख ७८ हजार २६२ पुन: श्रमस्वीकृति लिएर वैदेशिक राेजगारीमा जानेले श्रम स्वीकृति लिएकाले रेमिट्यान्स बढ्ने अर्थमन्त्री शर्माको विश्वास छ ।

यस्तै सरकारले चालु आवमा १०५ अर्ब आन्तरिक र १२९ अर्ब बाह्य सहायता परिचालन गरेकाे उनले बताए । सरकारकाे ८७३ आन्तिरक ऋण ९८० अर्ब ८० कराेड बाह्य ऋण गरी साढे १८ खर्ब सरकारी ऋण पुगेको उनले बताए ।

उनले निक्षेपकाे तुलनामा कर्जा उच्च हुँदा तरलतामा दबाब बढेकाे बताए ।

उनकाअनुसार अहिलेकाे समस्या समाधानका लागि मन्त्रिपरिषद्मा केही प्रस्ताव लगिएकाे छ । युक्रेन युद्धले कच्चा तेलकाे मूल्य बढ्दा पेट्राेलियम पदार्थ खरिमाद गर्न समस्या भएकाे बताउँदै उनले खपत कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएकाे जानकारी दिए । सरकारी निकायकाे इन्धनको खर्च सुविधा २० प्रतिशत कटाैती प्रस्ताव मन्त्रिपरिषद्मा लगिएकाे उनले बताए ।

सार्वजनिक बिदामा आवश्यक नीति लिने गरी प्रस्ताव गरिएकाे उनको भनाइ छ । 

यस्तै आईपीओमा वैदेशिक राेजगारीमा गएकालाई विशेष काेटा, वैदेशिक लगानी ल्याउन हेजिङमा सहजीकरणबारे सराेकावालासँग छलफल भइरहेकाे उनले बताए

अर्थमन्त्री शर्माकाअनुसार भिसामा सहुलियत दिएर पर्यटन आवागमन प्रभावकारी बनाउनेगरी तयारी भइरहेको छ ।

उनले राष्ट्र बैंकमा १९ प्रतिशत कर्जा विस्तार गर्ने भनेकाेमा उच्च कर्जा विस्तार हुँदा पनि राष्ट्र बैंकले नियन्त्रण नगरेको आराेप लगाए । "उच्च कर्जा विस्तार भयाे त्याे कर्जा कहाँ गयाे ? जान्ने बारबार प्रयास गरेकाे हाे । त्याे नियन्त्रण गर्ने अर्थ मन्त्रालयले त हैन । राष्ट्र बैंकले नै हाेला," उनले भने ।

अनुत्पादक क्षेत्रकाे कर्जा नियन्त्रण प्रयास गर्दागर्दै त्याे सफल हुन नसकेको उनले दाबी गरे । उनले राष्ट्र बैंकले सरकारलाई सहुलियतपूर्ण कर्जाकाे विवरण उपलब्ध नगराएकाे आराेप पनि लगाए । "सहुलियतपूर्ण कर्जा कहाँ खर्च भयाे अन्धाधुन्ध छ ।त्यसकाे विवरण छैन । समयमा तथ्यांक प्रस्तुत नभएकाे हाे," उनले भने । 

उनले नेपालमा श्रीलंकाकाे अवस्था नआउने दाबी गरे । बरु श्रीलंका जस्ताे हुन्छ भन्नेहरू राष्ट्रघाती भएकाे उनको आरोप छ ।

उनले नेपालकाे तत्कालीन बाह्य ऋणकाे दायित्व ४० अर्ब मात्रै रहेकाे र देशसँग ११७१ अर्ब विदेशी मुद्रा सञ्चिति रहेकाे बताए ।

"क्रिप्टाेकरेन्सी र हाइपर फन्डकाे विषयमा ५ महिना अगाडि नै अध्ययन गर्नुपर्छ कि भनेकाे हाे," उनले भने "श्रिलंका हुन्छ भनिरहनु भएकाे छ । त्याे राष्ट्रघात हाे । किन श्रीलंका बनाउन खाेजिएकाे छ ?"

कच्चा पदार्थमा मार्जिन लगाउने विषय केही समयमा लागि मात्र‌ भएकाे भन्दै  उनले निजी क्षेत्रलाई आश्वस्त पार्न खाेजे ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro