अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले तरलताको दबाब भए पनि केही समय धैर्य गर्न आग्रह गरेकी छन् । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा उनले तरलताको असर हरेक क्षेत्रमा परे पनि केही समयमा समाधान हुने बताइन् ।
“तरलताको समस्या छ । यस विषयमा बहस, छलफल पनि भइरहेको छ । यो समस्या केही समयका लागि हो । धेर्यै गरौं, छिट्टै समस्या समाधान हुनेछ,” उनले भनिन् ।
उनले लघुवित्त ग्रामीण विकासको मूख्य आधार भएको बताइन् । लघुवित्तले गरिब र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैङ्गिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको उनले बताइन् ।
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८ १४:३४
प्रतिक्रिया दिनुहोस्